PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फिना वर्ल्ड च्याम्पियनसिपमा ४ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने, गौरिका लण्डनबाटै कोरिया जाने



पहिलोपोस्ट

फिना वर्ल्ड च्याम्पियनसिपमा ४ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने, गौरिका लण्डनबाटै कोरिया जाने
फोटो : राखेप

काठमाडौं :  अठारौं फिना वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन नेपाली पौडी टोली बुधबार दक्षिण कोरियाको ग्वाङझु प्रस्थान गर्ने भएको छ।

जुलाई १२ देखि २८ तारिखसम्म हुने प्रतियोगिता नेपालबाट २ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

पुरुषमा शुभम् श्रेष्ठले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा एलेक्जेन्डर शाहले ५० र १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन्। त्यस्तै महिलामा गौरिका सिंहले १ सय र २ सय मिटर फ्रिस्टायल तथा सोफिया शाहले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा खेल्ने छन्। हाल इंग्ल्याण्डमा रहेकी गौरिका भेन लन्डनबाटै कोरिया जाने छिन्।

टिम व्यवस्थापकमा नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठ तथा प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक शंकर कार्की रहेका छन्। टोलीलाई मंगलवार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सातदोबटोमा बिदाइ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell