लन्डन: आईसीसी विश्वकपको उपाधि जितेको इंग्ल्याण्ड टिमलाई बेलायतकी प्रधानमन्त्री थेरेसा मेले स्वागत गरेकी छिन्।
विश्वकपको ४४ वर्षे इतिहासमा इंग्ल्याण्डले पहिलो पटक उपाधि जितेको हो। न्यूजिल्याण्ड विरुद्धको फाइनल खेलको ५० ओभर र सुपर ओभर टाई भएपनि धेरै बाउन्ड्रीको आधारमा इंग्ल्याण्ड च्याम्पियन बनेको हो।
उपाधि विजेता इंग्ल्याण्डको टिमलाई प्रधानमन्त्री मेले सोमबार राति डाउनिङ स्ट्रीटमा रिसेप्सन पार्टी दिएकी थिइन्। tत्यसअघि इंग्लिस टोलीसँग मेले सामुहिक फोटो सुट गरेकी थिइन्।
सो अवसरमा प्रधानमन्त्री मे ले सबै मिलेर उत्कृष्ट प्रदर्शन गरेकै कारण विश्वकप जितेको बताइन्।