PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

११ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता: प्रदेश ५ टिम च्याम्पियन



११ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता: प्रदेश ५ टिम च्याम्पियन

११ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्रदेश ५ टिम च्याम्पियन बनेको छ। विभिन्न ६ खेल समावेश प्रतियोगितामा प्रदेश ५ ले २० स्वर्ण, २० रजत र १० कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा १३ स्वर्णसाथ प्रदेश १ दोश्रो तथा १२ स्वर्णसाथ सुदूरपश्चिम तेश्रो भए।

प्रतियोगितामा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बने। त्यसमा पनि प्रदेश ५ कै वर्चस्व रह्यो। चारै कीर्तिमान प्रदेश ५ का खेलाडीले बनाए। छात्रको ४ गुणा ४ सय मिटर रिलेमा सिमान पाण्डे, लेखनाथ महर, वेदबहादुर ओली र श्रवन केवतले कीर्तिमान बनाए। सोही स्पर्धाको छात्रामा अरुणा रिजाल, पुर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालले कीर्तिमान रचे। त्यस्तै छात्राको सटपुटमा संगीता अधिकारी तथा ४ सय मिटर दौडमा अरुणा रिजालले कीर्तिमान स्थापित गरे। प्रत्येक कीर्तिमानका लागि १० हजार नगद पुरस्कार प्रदान गरियो।

एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी समावेश प्रतियोगिताका विजेतालाई राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाए। त्यस्तै टिममा पहिलो हुनेले २ हजार ५ सय, दोश्रोले २ हजार र तेश्रोले १ हजार ५ सय नगद पुरस्कार हात पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell