PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कान्ति माध्यमिकमा यसरी मनाइयो गुरु पूर्णिमा

कान्ति माध्यमिकमा यसरी मनाइयो गुरु पूर्णिमा


काठमाडौं : आज गुरु पूर्णिमा। गुरुको पूजा र सम्मान गर्दै गुरु पूर्णिमा मनाइँदैछ। आफूलाई शिक्षा दिने गुरुप्रति सद्धाभाव गरी देशभर गुरु पूर्णिमा मनाइँदैछ।

गुरु पूर्णिमाको अवसरमा आज वसन्तपुर स्थित कान्ति राज्यलक्ष्मी  माध्यमिक विद्यालयमा पनि विशेष कार्यक्रम आयोजना गरियो। विभिन्न सांस्कृतिक कार्यक्रम गरि विद्यालयका शिक्षकहरुलाई सम्मान गरिएको थियो। विद्यार्थीहरुले आफ्ना शिक्षकहरुलाई उपहार सहित फूलमाला लगाएर सम्मान गरेका थिए। विद्यार्थीहरुबाट सम्मान ग्रहण गरेपछि शिक्षकहरुले विद्यार्थीको उज्जवल भविष्यको कामना गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell