PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ललित स्मृति यू-१८ च्याम्पियनसिप : पुलिस र जावालाखेल सेमिफाइनलमा



पहिलोपोस्ट

ललित स्मृति यू-१८ च्याम्पियनसिप : पुलिस र जावालाखेल सेमिफाइनलमा

काठमाडौं : विभागीय टोली नेपाल पुलिस र जावलाखेल क्लब चौथो संस्करणको ललित स्मृति यू-१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमवार भएको तेस्रो क्वाटरफाइनलमा जावलाखेलले पूर्व च्याम्पियन त्रिभुवन आर्मीलाई र पुलिसले मछिन्द्र क्लबलाई पराजित गरेको हो।

एन्फा कम्प्लेक्स मैदानमा भएको चौथो क्वाटरफाइनलमा पुलिसले मछिन्द्रलाई १-० ले पराजित गरेको हो। निर्धारित समयमको खेल गोलरहित बराबरीमा सकिएपनि इन्जुरी टाइममा मन्जिल राईले गोल गर्दै पुलिसलाई जिताएका थिए।

यस्तै तेस्रो क्वाटरफाइनलमा जावलाखेलले आर्मीलाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गरेको हो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट भएको हो। जावलाखेलका लागि पेनाल्टीमा राम गुरुङ, आशिष शाही, धिरज पुन मगर र अक्ष प्रधानले गोल गरे। यस्तै आर्मीका बिनय चौधरी, शिव बोटे र विशाल सुनारले मात्र गोल गरे।

जावलाखेलका सुरज गुरो र साचु गुरुङ तथा आर्मीका निशान गुरुङ, बिश्रान्त बस्नेत र अनिश आलेले गोल गर्न सकेनन्।

पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइज क्लबबीच खेल हुनेछ। यस्तै पुलिस र जावलाखेल दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाले आयोजना गरेको यस प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार पाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell