PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राष्ट्रपति भण्डारीद्वारा चार विधेयक प्रमाणीकरण



राष्ट्रपति भण्डारीद्वारा चार विधेयक प्रमाणीकरण
फोटो: Presiden't Office

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले चार विधेयक प्रमाणीकरण गरेकी छन्। संघीय संसदको दुबै बै्ठकबाट पारित भई आएको चार विधेयक आज राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए।

यसरी प्रमाणीकरण भएका विधेयकहरुमा विनियोजन विधेयक, २०७६, आर्थिक विधेयक, २०७६, राष्ट्र ऋण उठाउने विधेयक, २०७६ र ऋण तथा जमानत(तेइसौं संशोधन) विधेयक, २०७६ रहेका छन्।

चारै विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा(२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell