PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति बिपी दाससहित ८ जनालाई भ्रष्टाचार मुद्दा



पहिलोपोस्ट

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति बिपी दाससहित ८ जनालाई भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले ८ जनाविरुद्ध १८ करोड ४५ लाख बराबरको भ्रष्टाचार गरेको ठहर गर्दै सोमवार अदालतमा आरोपपत्र दायर गरेको हो।

आरोपी ८ जनामध्ये सबैभन्दा बढी प्रतिष्ठानका उपकूलपति दासले ४ करोड ८ लाख ९८ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दावी छ।

'प्रतिष्ठानका उपकूलपतिदेखि अन्य नेतृत्व तहका कर्मचारीहरुको संलग्नतामा विभिन्न उपकरण तथा सेवा खरिदको प्रकृयामा प्रचलित ऐन, नियम विपरीत आर्थिक लाभ लिई सप्लायर्स तथा आफूलाई फाइदा पुर्‍याइ भ्रष्टाचार गरेको पुष्टि हुन आएकोले प्रतिष्ठानका पदाधिकारी र सप्लायर समेत ८ जना विरुद्ध आरोपपत्र दायर गरेको’अख्तियारले जनाएको छ।

कसलाई कतिको मुद्दा?

बिपी दास, उपकूलपति, बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान- ४ करोड ८ लाख ९८ हजार

अरविन्दकुमार सिन्हा, अस्पतालका तत्कालीन निर्देशक- ३ करोड ७५ लाख ३० हजार ६ सय

दिनेशराज दाहाल, लेखा प्रमुख- २ करोड ३४ लाख ८१ हजार ८ सय

अमित श्रीवास्तव, डेपुटी मेनेजर- १ करोड ७४ लाख १६ हजार २ सय

नन्दकुमार थापा, तत्कालीन रजिष्टार- १ करोड ९६ लाख ९ हजार ८ सय

चेतन अग्रवाल, उपकरण सप्लायर्स प्रोसिजन मेडिकल प्रा.लि./वायोमेड इन्टरनेसनल प्रा.लि.का प्रोपराइटर- १ करोड ४ लाख १६ हजार ७ सय

उमेश अग्रवाल, उपकरण सप्लायर्स सर्जिकेम डिस्टिव्युटर्स, ६० लाख ३६ हजार ३ सय

तुलबहादुर श्रेष्ठ, रजिष्टार, बिपी स्वास्थ विज्ञान प्रतिष्ठान- ५६ लाख ७७ हजार ४ सय



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell