PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेविसंघले थाल्यो बाढी पीडितलाई राहत संकलन



नेविसंघले थाल्यो बाढी पीडितलाई राहत संकलन

काठमाडौं: नेपाल विद्यार्थी संघले बाढी पीडितलाई सहयोगार्थ राहत संकलन शुरु गरेको छ। काठमाडौंका न्युरोड, बसन्तपुर, भोटाहिटी, कोटेश्वर र राजधानीका विभिन्न क्याम्पसमा नेविसंघले राहत संकलन शुरु गरेको हो।

दाताहरुबाट नगद र जिन्सी सहयोग संकलन भइरहेको नेविसंघका विद्यार्थी नेता सिजर भट्टले जानकारी दिए। तीन दिनसम्म राजधानीका विभिन्न स्थानमा राहत संकलन गर्ने र रौतहटलगायत तराईका बाढी प्रभावित जिल्लामा राहत वितरण गरिने नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले जनाए।

नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले एक विज्ञप्ति जारी गर्दै नेविसंघलाई देशभर उद्धार र राहतमा जुट्न आह्वान गरेपछि राहत संकलनमा जुटेको उनले बताए। आजमात्र पचास हजार नगद संकलन भइसकेको त्रिपाठीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell