PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

प्रियंका चोपडा र प्रकाश जजुबीच १५ वर्ष अघिको मुद्दामा सहमति



प्रियंका चोपडा र प्रकाश जजुबीच १५ वर्ष अघिको मुद्दामा सहमति
फोटो: BOLLYWOOD HUNGAMA

आफूसँग भएको सम्झौता तोडेको भन्दै प्रकाश जजुले बलिउड अभिनेत्री प्रियंका चोपडा विरुद्ध सन् २००४ मा मुद्दा दायर गरेका थिए। जजु चोपडाका पूर्व सेक्रेटरी हुन। १५ वर्षदेखि उक्त मुद्दाको टुंगो लाग्न सकेको थिएन। दुवै पक्षबीच अदालतमा यस विषयमा चर्को बहस हुँदै आएको थियो। तर, अहिले भने दुवै पक्षले सहमती गर्ने निर्णय गरेका छन्।

बलिउड हंगामाका अनुसार चोपडा र जजुबीच १५ वर्षयता सम्बन्धमा धेरै सुधार आएको छ। प्रिंयाकाले जजुसँग मिलेर अगाडी बढ्न प्रस्ताव गरेको र जजुले पनि उक्त प्रस्ताव सहर्ष स्वीकार गर्दै कानूनी लडाई अन्त्य गर्ने सहमती गरेको बताइएको छ।

दुई बीच भएको सहमती भने सार्वजनिक गरिएको छैन।

सन् २०१४ मा '६७ डेज' नाम गरेको फिल्ममा जजुले प्रियंकाका बारेमा भित्री कुराहरु सार्वजनिक गर्न लागेका थिए। त्यसपछि उनलाई प्रियंकाले सेक्रेटरीबाट निकाली प्रहरीमा मुद्धा दायर गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell