PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

४२ स्रष्टालाई पुरस्कार बाँडेपछि प्रम ओलीले भने, 'भूपिको कविताभन्दा पनि कमजोर हालत छ मेरो'

४२ स्रष्टालाई पुरस्कार बाँडेपछि प्रम ओलीले भने, 'भूपिको कविताभन्दा पनि कमजोर हालत छ मेरो'


  • कुञ्जरमणि भट्टराई-

काठमाडौं: ‘साँच्चैको कवि। हृदयमा बस्ने कवि। खोला बगे जस्तै बग्ने। मैले नेपालमा मात्रै होइन दुनियाँमै देखेको छैन। नेपाल भएकोले धेरै चर्चा भएन होला। कवित्व, क्षमता, कवि मनको हिसाबले वास्तवमै महाकवि हुनुहुन्छ, लक्ष्मी प्रसाद देवकोटा। महाकाव्य लेखेर मात्रै होइन।’ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई यसरी सम्झिए।

कार्यक्रम थियो—राष्ट्रिय तथा प्रादेशिक पुरस्कार,  महाकवि देवकोटा पुरष्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार वितरण समारोह २०७५।

आज भएको कार्यक्रममा ४२ स्रष्टालाई सम्मान गरेपछि प्रधानमन्त्री ओली भावुक पनि बने। ‘आज अलिकति मन भारी पनि छ मेरो। किनभने कतै डुबानमा परेको छ। कतै बाढी गएको छ। कतिपय उद्धारको अपेक्षा गरिरहेका छन्,’ ओलीले भने ‘त्यसैले पहिलेको भानु जयन्ती जस्तो प्रसन्न छैन, आज मन भारी छ।’

आफू कवि भूपि शेरचनको एक कविता जस्तो पनि हुन नसकेको बताए।

‘एक ढगंले भन्ने हो भने म भूपीको कविता जस्तै अलिकति हाँसी पनि रहेको, अलिकति आसुँ पनि बगाइरहेको अवस्था जस्तो पनि हुन सकिरहेको छैन,’ प्रम ओलीले भने, ‘अलिकति हाँस्न सक्ने अवस्था छैन।  भूपिको कविता भन्दा कमजोर हालत छ मेरो।’

तथापि उद्धारका लागि सबै संयन्त्र प्रयोग गरिएको बताए। देशमा विपद आइलागे पनि निर्धारित कार्यक्रम भएकाले आजै गरिएको बताए।

उनले सबै मानिसभित्र कवि भावना हुने बताए। ‘सबै मान्छे अलिअलि मात्रामा कवि हुन्छ। राम्रो संगतमा हुर्कियो भने मानिस कवि बन्न सक्छ। राम्रो ट्रनिङ पायो भने कुकुरले त मान्छेले गर्न नसक्ने काम गर्न सक्छ भने हामी त मान्छे। राम्रो संगत पाउनुपर्‍यो।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय आवश्यकता पूरा गर्न साहित्यले महत्वपूर्ण भूमिका खेलेको सुनाए। सम्मानित स्रष्टाप्रति बधाई ज्ञापन गरे। नेपाल सरकारको तर्फबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रदान गरिँदै आएको उक्त पुरस्कार यसवर्ष ४२ जनालाई प्रदान गरियो।

कुन पुरस्कार कसलाई?

महाकवि देवकोटा पुरस्कारबाट

विश्वबिमोहन श्रेष्ठ

देवीप्रसाद सुवेदी

नयनराज पाण्डे

प्राडा जीवेन्द्रदेव गिरी

रोचक घिमिरे

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार

प्राडा केशवप्रसाद उपाध्याय

भीष्म उप्रेती

भगत सर्वजित मानव मर्यादा पुरस्कार

रणेन्द्र बराली

भद्रमान घले

रमेश रञ्जन झा

राष्ट्रिय प्रतिभा पुरस्कार

प्रा डा गितु गिरी

जीवन शर्मा

गोविन्द नारायण ज्यापू

डा ओमवरसिंह बस्न्यात

प्रादेशिक प्रतिभा पुरस्कार

संस्कृति विधातर्फ

डा भक्तबहादुर राई 

प्रा डा शोभा पोखरेल

वसन्त महर्जन

अलिमिया लोक वाङमय प्रतिष्ठान

युवराज गौतम

छक्क बहादुर लामा

भोजराज राई

संगीत तथा नाट्य विधातर्फ

चेतबहादुर राई

वृजलाल सहनी

डम्बरकुमारी गुरुङ

कर्णबहादुर गौतम

इन्द्रबहादुर विक

पदमबहादुर रोकया

ध्वजबहादुर महरा

ललितकला विधा

स्वयंप्रकाश श्रेष्ठ

हरिओम मेहेता

उमेश श्रेष्ठ

आलोक गुरुङ

नरबहादुर विश्वकर्मा

पेमाल्हामु गुरुङ

कविता चौधरी

भाषा तथा साहित्यतर्फ

पदमकुमार राई

चन्द्रशेखर उपाध्याय

शम्भुकुमार रेग्मी

देवीप्रसाद बजबासी

बिन्दु शर्मा

लालबहादुर खत्री

भोजराज भट्ट



ट्रेन्डिङ पोस्ट

Ncell