PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

संघीयताअनुसार पार्टीको संरचना बन्न नसक्नु दु:खद : प्रकाशमान सिंह



संघीयताअनुसार पार्टीको संरचना बन्न नसक्नु दु:खद : प्रकाशमान सिंह
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणालाई आफ्नो पार्टीमा स्वागत गर्दै नेता सिंह। फोटो: facebook.com/uplamichhane

काठमाडौँ: नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संघीयताअनुसाको संरचनामा जान नसक्नु दु:खद भएको बताएका छन्।

आज नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–२६ वडाले आयोजना गरेको कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणालाई नेता सिंहले पार्टीमा स्वागत गर्दै यस्तो भनाई राखेका हुन्।

“लामो समयसम्म सङ्घीयताअनुसार पार्टी संरचना जान नसक्नु दुःखद कुरा हो”, नेता सिंहले भने, “वर्तमान सरकारले केन्द्रमा धेरै अधिकार राखेर प्रदेश र स्थानीय तहमा कम अधिकार दिँदा अहिले गएको बाढी, पहिरोको राहत तथा उद्धार कार्यक्रम प्रभावकारी हुन सकेको छैन।”

कार्यक्रममा नेता सिंहले सङ्गठनलाई मजबुत बनाउन पार्टीको १४ औँ महाधिवेशन चाँडो हुनुपर्ने बताए। 

उनले पार्टीमा प्रवेश गर्नेलाई पार्टीको विधि, विधान र नियमावलीअनुसार अगाडि बढ्न सुझावसमेत दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell