PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दोस्रो टी-२० मा नेपालको रोमाञ्चक जित, दुई खेलको सिरिज 'क्लिनस्वीप'



पहिलोपोस्ट

दोस्रो टी-२० मा नेपालको रोमाञ्चक जित, दुई खेलको सिरिज 'क्लिनस्वीप'
Photo Credit : Neplays

काठमाडौं : मलेसिया विरुद्धको दुई खेलको टी २० आई सिरिज क्लिनस्वीप गरेको छ। आइतवार भएको दोस्रो टी २० खेल ६ रनले जित्दै नेपालले दुई खेलको सिरिज २-० ले जितेको हो। पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो।

टस जित्दै पहिले ब्याटिङ गरेको नेपालले १७३ रन बनाएको थियो। जवाफमा मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो।

नेपालले जितेको यो दोस्रो टी २० आई सिरिज हो। पाँच महिनाअघि नेपालले युएईलाई उसैको मैदानमा २-१ ले हराएर पहिलो सिरिज जितेको थियो। यस्तै नेपालले सिरिज क्लिस्वीप गरेको यो पहिलो पटक हो।

१७४ रनको लक्ष्य पछ्याएको मलेसियाले उत्कृष्ट सुरुवात गरेको थियो। पहिलो विकेटका लागि सायद अजिज र विरनदिप सिंहले ९.४ ओभरमा ७५ रनको साझेदारी गरेका थिए। तर दशौँ ओभरमा अभिनाश बोहराले विरनदिपलाई आउट गरेपछि मलेसियाले निरन्तर विकेट गुमायो। लगत्तै अर्को ओभरमा सोमपाल कामीले ५० रन बनाएका सायद अजिजलाई आउट गरे।

त्यसपछि भने मलेसियाका खेलाडीले सम्हालियर खेल्न सकेनन्।

मलेसियाका लागि अजिजले सर्वाधिक ५० रन बनाउँदा अनिमुद्दिन रामलीले २४ र विरनदिप सिंहले २३ रन बनाए।

नेपालको लागि सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिए। करण केसी, अभिनाश बोहरा र पारस खड्काले १-१ विकेट लिए।

किनरारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १७३ रन बनाएको हो।

नेपालको लागि विनोद भण्डारीले सर्वाधिक ५१ रन बनाए। उनले २५ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे। शरद भेषावरकले सर्वाधिक ४० रन बनाए। उनले २८ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे।

यस्तै पारस खड्काले २३, रोहित कुमार पौडेलले १९, करण केसीले १६ र पवन सर्राफले १० रन जोडे। उपकप्तान ज्ञानेन्द्र मल्लले ७ रन मात्र बनाए।

मलेसियाका लागि फित्री शामले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए।सायद अजिज र मुनिएन्डीले १-१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell