PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तीन वर्षको अवार्ड एकै पटक!



पहिलोपोस्ट

तीन वर्षको अवार्ड एकै पटक!

तीन वर्षपछि राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह आयोजना भएको छ। चलचित्र विकास बोर्ड स्थापनाको १९ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा वर्ष २०७३, २०७४, २०७५ गरी तीन वर्ष यता सार्वजनिक फिल्महरुलाई अवार्ड दिइयो।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दर्जन बढी फिल्मकर्मीहरुलाई अवार्ड तथा सम्मान हस्तान्तरण गरिन्। पुरस्कृत सबैले जनही पच्चिस हजार रुपैयाँ, प्रमण पत्र र ट्रफी पाए।

समारोहमा सूचना संचार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, बोर्डका पूर्व अध्यक्षहरु, कलाकर्मीहरु, फिल्म क्षेत्रका संघ संस्थाका प्रतिनिधीहरु, फिल्मकर्मी तथा संचारकर्मीको उपस्थिति रहेको थियो।

राष्ट्रपतिले फिल्म क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि पुरस्कार तथा सम्मानले प्रभाव पर्ने र सबै फिल्मकर्मीहरुमा थप हौसला र प्रेरणा मिल्ने अपेक्षा व्यक्त गरिन्।

त्यस्तै दीर्घ साधना सम्मानबाट सम्मानित हुने फिल्मकर्मीहरुलाई जनही ३ लाख ५१ हजार एक सय एघार नगद सहित ताम्रपत्र तथा दोसल्ला ओढाई सम्मानित गरियो।

यस्तो छ तीन वर्षको पुरस्कार तथा सम्मानित कलाकर्मीको सूची:

राष्ट्रिय चलचित्र पुरस्कार–२०७३

उत्कृष्ट सम्पादक: ​​​जात्रा (​​​​मित्रदेव गुरुङ)

उत्कृष्ट छाँयाकार​​​: लभ सासा (​​​शिवराम श्रेष्ठ)

उत्कृष्ट कथा​​​​: कालो पोथी (​​​मीन बहादुर भाम)

उत्कृष्ट पटकथा: ​​कालो पोथी (​​​अविनाश विक्रम शाह)

उत्कृष्ट अभिनेत्री: ​​​निभ्न लागेको दियो (​​सृजना सुब्बा)

उत्कृष्ट अभिनेता ​​: जात्रा (​​​​विपिन कार्की)

निर्देशक: ​​​सेतो सुर्य​​​ (दिपक रौनीयार)

उत्कृष्ट फिल्म​​​​: कालो पोथी​​​ (शुन्य फिल्मस)

उत्कृष्ट आदिवासी फिल्: म​​ क्यु प्ह्रो छे (भेडी गोठाले)​

लोकप्रिय फिल्म​​: छक्का पञ्जा​​​ (आमा सरस्वती गीतादेवी फिल्मस्)

दीर्घ साधना सम्मान​​: सुभद्रा अधिकारी

राष्ट्रिय चलचित्र पुरस्कार–२०७४

उत्कृष्ट सम्पादक: ​​​मगंलम​​​ (मित्रदेव गुरुङ)

उत्कृष्ट छाँयाकार​​​: कृ​​​​ (पुरुषोत्तम प्रधान)

उत्कृष्ट कथा, लेखन, पटकथा​: धनपति ​​​(खगेन्द्र लामिछाने )

उत्कृष्ट अभिनेत्री​​​: ब्लाईण्ड रक्स​​​ (बेनिशा हमाल)

उत्कृष्ट अभिनेता: ​​​मंगलम (​​​पुष्पबहादुर खड्का)

उत्कृष्ट निर्देशक: ​​​ब्लाईण्ड रक्स​​​ (मिलन चाम्स)

उत्कृष्ट फिल्:म​​​​ ब्लाईण्ड रक्स (​​​चाम्स ईन्टरटेन्मेन्ट)

उत्कृष्ट आदिवासी फिल्म: म​​टिन्छेन फामा (शेर्पा)​​

उल्लेखनीय अभिनय​​: मंगलम (​​​मिथिला शर्मा)

उल्लेखनीय अभिनय: ​​शत्रुगते (​​​​रमेश रञ्जन झा​​)

दीर्घ साधना सम्मान​​: वरिष्ठ निर्देशक​​किशोर राना मगर

राष्ट्रिय चलचित्र पुरस्कार–२०७५

उत्कृष्ट सम्पादक​​​​: साइली (​​​​निमेश श्रेष्ठ)

उत्कृष्ट छाँयाकार​​​​: समर लभ​​​ (सञ्जय लामा)

उत्कृष्ट कथा: ​​​​​गोपी ​​​​(दीपेन्द्र लामा)

उत्कृष्ट पटकथा संवाद​​​: गोपी​​​​ (सामिप्यराज तिमल्सेना) ​

उत्कृष्ट अभिनेत्री​​​​: बुलबुल (​​​स्वस्तिमा खड्का)

उत्कृष्ट अभिनेता: प्रसाद (​​​​विपिन कार्की)

उत्कृष्ट निर्देशक​​​​: बुलबुल ​​​(विनोद पौडेल) ​

उत्कृष्ट फिल्म​​​​​: गोपी ​​​​(आरोही ईन्टरटेन्मेन्ट)

आदिवासी फिल्म​​​: रिजे नासाँ (गुरुङ)​​, बेब्स क्रियशन

दीर्घ साधना​​​​: सम्पादक, निर्देशक, ​तुलसी घिमिरे



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell