PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विप्लवका झापा इन्चार्ज नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत



पहिलोपोस्ट

विप्लवका झापा इन्चार्ज नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत

ललितपुर : भूमिगत रुपमा सक्रिय रहँदै आएको नेत्र विक्रम चन्द विप्लव समूहका मेची–कोशी ब्यूरो इन्चार्ज सौगात आचार्यलाई नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले आफ्नो पार्टीमा ल्याएका छन्।

उनीसँगै एक दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकता अनुसार विचार राजनीतिकलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको मोडेल दिने नेतृत्वको सपना भएको बताए। 

‘कम्युनिष्ट पार्टीको झण्डा मुनि रहेका साथीहरुलाई केन्द्रित गर्नुपर्छ र एउटै बलियो केन्द्र बनाउनुपर्छ अनि मात्रै सामाजिक रुपान्तरण, विकास र समृद्धि तिर देशलाई लैजान सकिन्छ,' पार्टी प्रवेश गराउने कार्यक्रममा प्रचण्डले भने, 'हामी विभाजित हुँदा प्रतिक्रियावादीले फाइदा उठाउने हो। हामी एकजुट हुँदा नै हामी बलियो हुने हो।’

जो जहाँ ब्यूँझियो त्यहिँबाट उठेर हिँड्ने हो भन्दै उनले सबै ब्यूँझाउँछु भन्न थाल्दा सम्भव नहुने तर्क गरे। 

पार्टी प्रवेश गर्दै सौगात आचार्यले हतियार नै उठाएरमात्र समाजवाद आउँछ भन्ने कुरा आफूहरुलाई नलागेको बताए। उनले जुन व्यवस्था ल्याए पनि फेरि युद्ध गर्ने र मानिस मर्ने नभए हुन्थ्यो भन्ने जनताले आफूहरुलाई दिएको सुझावका कारण आफूहरु शान्तिपूर्ण राजनीतिमा आएको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell