PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मिस एसिया इन्टरनेशनल नेपाल २०१९ को घोषणा, ग्राण्ड फिनाले नेपालमै हुने 



पहिलोपोस्ट

मिस एसिया इन्टरनेशनल नेपाल २०१९ को घोषणा, ग्राण्ड फिनाले नेपालमै हुने 

काठमाडौं : नेपालमा दोस्रोपटक ‘मिस एसिया प्यासिफिक इन्टरनेशन नेपाल २०१९’ आयोजना गरिने भएको छ। बिहीवार काठमाडौंमा एक कार्यक्रमका बीच मिस एसिया पेसिफिक इन्टरनेशनल नेपालको अफिसियल घोषणा गरिएको हो। 

उक्त सुन्दरी प्रतियोगितालाई ‘ग्रुप अफ इभेन्ट इन्टरटेनर’ ले आयोजना गर्ने भएको हो। ‘मिस एसिया प्यासिफिक इन्टरनेशन नेपाल २०१९’ लाई किङफिसरले टाइटल स्पोन्सर गरे छ। मिस एसिया इन्टरनेशनको अडिसनका लागि विश्वभरका युवतीहरुले अडिसन दिन पाउने छन्। यस कार्यक्रमको ग्राण्ड फिनाले भने नेपालमा नै आयोजना गरिने बताइएको छ। 

मिस एसिया प्यासेफिक इन्टरनेशनल नेपाल २०१९ को बिजेताले नेपालको प्रतिनिधित्व गर्दै मनिलामा  आयोजना हुने मिस एसिया प्यासेफिकको ५१ औं सस्करणमा सहभागी हुने अवसर पाउने छन्। फस्ट रनरअपले थाइल्याण्डको ब्यांककमा आयोजना हुने मिस टुरिजम क्वीन इन्टरनेशनल २०१९ र सेकेन्ड रनरअपले साउथ कोरियामा आयोजना हुने मिस ग्लोबल ब्युटी क्वीन २०१९ मा सहभागी हुन पाउने छन्। यो इभन्ट सेप्टेम्बर २० देखि ४ अक्टोबरसम्म हुने आयोजकले जनाएको छ। 

ग्रुप अफ इन्टरटेनमेन्टले म्यान हन्ट इन्टरनेशनल नेपाल, मिस टुरिजम क्वीन इन्टरनेशनल नेपाल, मिस ग्लोबल ब्युटी क्वीन नेपाल, हिपहप इन्टरनेशनल नेपाल लगायतका ब्युटी प्याजेन्टहरु आयोजना गर्दै आएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell