PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कांग्रेसले शान्ति प्रक्रियामा धावा बोलेको सरकारको आरोप, 'फ्ल्यासब्याक'मा गएर द्वन्द्वको मुख्य प्लेयर खोज्न प्रवक्ता बास्कोटाको आग्रह



कांग्रेसले शान्ति प्रक्रियामा धावा बोलेको सरकारको आरोप, 'फ्ल्यासब्याक'मा गएर द्वन्द्वको मुख्य प्लेयर खोज्न प्रवक्ता बास्कोटाको आग्रह

काठमाडौं: सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको दृष्टिदोष रहेको आरोप लगाएका छन्। 

आज सिंहदरबारमा नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बास्कोटाले कांग्रेसले द्वन्द्वको फ्ल्यासब्याक हेर्नुपर्ने बताए। भने, 'एउटाले हिंसाको व्यापार गरिरहेको छ। सरकारलाई खेद्न पाइन्छ भनेर हाम्रो प्रतिपक्षीको सोच्ने दृष्टिदोष देखिन्छ। त्यसको समस्या फ्ल्यासब्याक जानुपर्‍यो। मुख्य प्लेयर को थिए।'

कांग्रेसले हिजो एक विज्ञप्ति जारी गर्दै सरकार र नेत्रविक्रम चन्द विप्लव समूहलाई रगतको होली नखेल्न चेतावनी दिएको थियो। सरकारलाई धावा बोलेर शान्ति प्रक्रियामा धावा बोल्ने काम कांग्रेसले गरेको आरोप लगाउँदै प्रवक्ता बास्कोटाले भने, 'पुरातत्व विभागमा खोज्नुपर्ला। ख्याल पर्नुपर्ला। सत्ता गुमेको पीडामा शान्ति प्रक्रियामा धावा बोलेर सरकारलाई अप्ठेरोमा पार्न त भएन नि।'

कांग्रेसले हिंसा र निषेधको राजनीतिलाई एकै घानमा राखेर हेर्न खोजेकै समेत बास्कोटाको आरोप थियो। 'हिंसाको दृष्टिकोणा कांग्रेसको के? हिंसा र निषेधको राजनीतिलाई एउटै घानमा राखेर हेर्न खोजिएको छ। यो कांग्रेसको आधिकारिक धारणा त हैन जस्तो लाग्छ। तर प्रवक्ताबाट आएपछि मान्नै पर्‍यो। के कांग्रेस दिनभरी वीपी रातभरि विप्लव हो?' बास्कोटाको प्रश्न थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell