PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रकाश सपूत अब ‘डिएनए क्लोथिङ’को ब्रान्ड एम्बेसडर



पहिलोपोस्ट

प्रकाश सपूत अब ‘डिएनए क्लोथिङ’को ब्रान्ड एम्बेसडर

लोक गायक प्रकाश सपूत चर्चामा छन्। गीत 'गलबन्दी' सार्वजनिक भएसँगै गीत चोरीको विवादमा तानियो। सर्वाधिक हिट्सदेखि युट्युब ट्रेन्डिङसम्मको रेकर्ड बनाएको गीत बारे मिश्रित प्रतिक्रिया आएपनि सपूत चर्चामा आए। देश विदेशका स्टेज कार्यक्रममा व्यस्त रहे। यसैबीच ब्रान्ड एम्बेसडर समेत चयन भएका छन्।

कार्यक्रम आयोजना गरी ‘डिएनए क्लोथिङ’ ब्राण्डको एम्बेसडर घोषित भएका हुन्। डिएनएले दुई वर्षयता सेवा दिंदै आएको छ। सपूत एकवर्षसम्म ब्रान्ड प्रचारका सामाग्रीमा रहनेछन्।

सहमती पत्र हस्ताक्षर कार्यक्रममा गायिका शान्तिश्री परियार, तिलक बस्नेत लगायतको उपस्थिती रहेको थियो।

प्रकाशको ‘बोलमाया’, ‘दोहोरी ब्याटल’ लगायतका गीत हिट छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell