PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नम्बर वान ब्याट्सम्यान र नम्बर वान बलर भएको भारत बाहिरियो, रोहितले तोड्न सकेनन् सचिनको कीर्तिमान



पहिलोपोस्ट

नम्बर वान ब्याट्सम्यान र नम्बर वान बलर भएको भारत बाहिरियो, रोहितले तोड्न सकेनन् सचिनको कीर्तिमान

आइसीसी क्रिकेट विश्वकप २०१९ को पहिलो सेमिफाइनल : भारत भर्सेस न्यूजिल्याण्ड।

दुई दिनसम्म चलेको एकदिवसीय खेल अर्थात ५०-५० ओभरमा खेलाइने खेल दुई दिन सम्म सञ्चालन भयो र नतिजा न्यूजिल्याण्डको पक्षमा गयो।

न्यूजिल्याण्डको दुई दिन ब्याटिङ।

दुवै टिमका बलर हाबी। रविन्द्र जडेजाको अलराउण्ड प्रदर्शन। आठौँ नम्बरमा ब्याटिङ गर्दै शानदार ७७ रन।

विश्व क्रिकेटकै स्टार खेलाडीहरु विराट कोहली, रोहित शर्मा अनी केएल राहुल १-१ रनमा आउट।

यस खेलका केही विशेषताहरु हुन् यी।

यी विशेषतापछि टुर्नामेन्ट जित्ने फेभरेट ट्याग लागेको भारतलाई १८ रनले पराजित गर्द न्यूजिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनल पुग्न सफल भएको छ।

इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकप अन्तर्गत म्यानचेष्टरमा भएको पहिलो सेमिफाइनलमा किवी टोलीले भारतलाई स्तब्ध पार्‍यो।

न्यूजिल्याण्डका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि २४० रनको मध्यम लक्ष्य पछ्याएको भारत ३ बल बाँकी छँदै २२१ रनमा अलआउट भयो। रविन्द्र जडेजाले ५९ बलमा ७७ रन बनाए पनि जिताउन सकेनन्।

हारपछि अहिले भारत किन हार्‍यो, किन फाइनल पुग्न सकेन भन्ने विश्लेषण समेत सुरु भएको छ। वर्षाले प्रभावित भएर, दुई दिन खेलाएर, न्यूजिल्याण्डले उत्कृष्ट बलिङ गरेर..यस्तै यस्तै।

तर यसमा अर्को एउटा कारण पनि थप्न सकिन्छ। ओडिआईमा विश्व वरीयतामा नम्बर वान ब्याट्म्यान रहेका विराट कोहली, एउटै विश्वकपमा ५ शतक प्रहार गरेर कीर्तिमान बनाएका रोहित शर्मा अनी केएल राहुलले राम्रो ब्याटिङ गर्न नसक्नु। यी तिन खेलाडी न्यूजिल्याण्ड विरुद्ध मात्र १-१ रन बनाएर आउट भए।


भारतीय टोलीमा विश्वकै नम्बर वान ब्याट्सम्यानका साथै विश्वकै नम्बर वान बलरको रुपमा जसप्रित बुमराह समेत छन्। तर दुई विश्व नम्बर वान खेलाडी भए पनि भारत विश्वकपको सेमिफाइनलबाट घर फर्कन बाध्य बनेको छ।

भारतले दोस्रो ओभरमा रोहित शर्मा, तेस्रो ओभरमा विराट कोहली र चौथो ओभरमा केएल राहुलको विकेट गुमाएको थियो।

सन् २०१७ पछि कप्तान विराट र उपकप्तान रोहित एउटै खेलमा १० भन्दा कम रनमा आउट भएका हुन्। २०१७ मा इंग्ल्याण्डमै भएको च्याम्पियन्स ट्रफीको फाइनलमा विराट र रोहित पाकिस्तानविरुद्ध फाइनलमा सिंगल डिजिटमा आउट भएका थिए। उक्त खेल भारतले हारेको थियो।

रोहितले सकेनन् सचिनको कीर्तिमान तोड्न

न्यूजिल्याण्ड्सँग खेल्नुअघि भारतका उपकप्तान रोहित शर्मा सामु मास्टर ब्लास्टर सचिन तेन्दुरकरको कीर्तिमान तोड्ने सुनौलो अवसर थियो। यसअघि श्रीलंका विरुद्धको लिग खेलमा शतक प्रहार गर्दै विश्वकपमा सर्वाधिक ६ शतक प्रहार गर्ने सचिनकै कीर्तिमान बराबरी गरेका रोहितले एउटै विश्वकपमा ५ शतक प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका थिए।

उनले न्यूजिल्याण्ड विरुद्ध २७ रन मात्र बनाउन सकेको भए मात्र पनि सचिनको कीर्तिमा भंग गर्ने थिए। सचिनले २००३ को विश्वकपमा ६७३ रन बनाएका थिए। रोहितले यस विश्वकपमा ९ खेल खेल्दै ५ शतकको मद्दतमा ६४८ रन बनाए र कीर्तिमान बनाउनबाट मात्र २६ रनले चुके।

रोहितभन्दा १० रनले पछि रहेको अष्ट्रेलियाका डेविड वार्नरका सामु अब सचिनको कीर्तिमान तोड्ने अवसर छ। वार्नरको टिम अष्ट्रेलियाले दोस्रो सेमिफाइनलमा घरेलु टोली इंग्ल्याण्डसँग खेल्दैछ।

वार्नरले ९ खेलबाट ३ शतकसहित ६३८ रन बनाएका छन्। अब वार्नले इंग्ल्याण्ड विरुद्ध ३६ रन बनाए सचिनको १६ वर्षदेखी कायम रहेको कीर्तिमान तोड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell