PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

छविबाट जोगाइपाउँ भन्दै शिल्पा प्रहरीको शरणमा, दुई महिनाअघि छवि भन्थे, 'तिमी नै मेरो सुरुवात र अन्त'



छविबाट जोगाइपाउँ भन्दै शिल्पा प्रहरीको शरणमा, दुई महिनाअघि छवि भन्थे, 'तिमी नै मेरो सुरुवात र अन्त'

काठमाडौँ: अभिनेत्री शिल्पा पोखरेलले चलचित्र निर्माता छविराज ओझाविरुद्ध उजुरी दिएकी छिन्। अभिनेत्री पोखरेलले महानगरीय प्रहरी परिसर काठमाडौंमा शान्ति सुरक्षा माग्दै उजुरी दिएकी हुन्। 

‘म छविराज ओझाबाट असुरक्षित भएँ। सुरक्षा चाहियो भन्दै निवेदन दिनुभएको छ,' परिसरका डिएसपी होविन्द्र बोगटीले भने। उजुरीपछि प्रहरीले दुबै जनालाई छलफलको लागि बुधवार बोलाएको छ। छविराज ओझाबाट कसरी असुरक्षित भइन र कस्तो सुरक्षा थ्रेट भयो भन्ने खुल्न सकेको छैन। उजुरी आएको छ। उहाँहरुसित आज छलफल गरेपछि थप जानकारी आउँछ,' डिएसपी बोगटीले भने। 

निर्माता ओझा अभिनेत्री रेखा थापाका पूर्व पतिसमेत हुन्। अभिनेत्री रेखा थापासँग डिभोर्स भएपछि छवि ओझा शिल्पासँग लिभिङ टुगेदरमा थिए। अभिनेत्री पोखरेल र निर्माता ओझाको केही वर्ष अगाडि विवाह भएको पनि समचारहरु आएका थिए। लामो समयदेखि प्रेममा रहेका उनीहरुले सुटुक्क विवाह गरेका थिए। विवाह गरे पनि उनीहरु आफ्नो सम्बन्धको बारेमा सार्वजनिक रुपमा खुलेर कुरा गर्दैनथे। गत वर्षमात्र शिल्पा र छविले विवाहबारे खुलेर स्वीकार गरेका थिए। 

गत वैशाखमा छविले पोख्रेलसँगको तस्वीर राख्दै सामाजिक सञ्जाल फेसबुकमा 'तिमीबाट मेरो जीवनको सुरु अनि अन्त' लेखेका थिए।

पढ्नुस्: शिल्पा पोख्रेलका लागि छवि ओझा लेख्छन् 'तिमी नै मेरो सुरुवात र अन्त'

शिल्पा २०१४ मा छविराज ओझाको लज्जाबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्। पोखरेलले मंगलम, फागु, हवलदार सुन्तली लगायत चलचित्रमा अभिनय गरिसकेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell