PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ट्वाइलेटको ग्रील तोडेर हिरासत कक्षबाट थुनुवा फरार, प्रहरी नै शंकाको घेरामा



पहिलोपोस्ट

ट्वाइलेटको ग्रील तोडेर हिरासत कक्षबाट थुनुवा फरार, प्रहरी नै शंकाको घेरामा
प्रतीकात्मक तस्विर: घटनासँग सम्धन्धित छैन

काठमाडौँः महानगरीय प्रहरी प्रभाग भैँसेपाटीको हिरासत कक्षबाट तीन जना थुनुवा फरार भएका छन्।

सोमबार राति प्रभावको हिरासत कक्षबाट थुनुवा फरार भएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले जानकारी दिइन्। लागूऔषध र चोरी घटनामा थुनामा रहेका अभियुक्त फरार भएका हुन्।

प्रभावको हिरासत कक्षको ट्वाइलेटको ग्रील तोडेर उनीहरू फरार भएका हुन्। घटनामा प्रहरी पनि शङ्काको घेरामा परेका छन्। उनीहरूलाई निलम्बन गर्ने तयारी भइरहेको छ।

‘ प्रहरी पनि शङ्काको घेरामा छन्। यस्तो घटना हुँदा कसरी थाहा पाएनन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ। उनीहरूलाई नियन्त्रण लिएर निलम्बनको प्रक्रिया अगाडि बढाएका छौँ‘ एसपी सिंहले भनिन्।

प्रहरीले फरार रहेका अभियुक्तको खोजी गरिरहेको छ। उनीहरू विरुद्ध म्याद थप गरी अदालतमा चोरी र लागूऔषधमा मुद्दा बुझाउने तयारी भइरहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell