PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

१४ वर्षीया बालिका बलात्कारको मुद्दामा दुई जनालाई १२ वर्ष कैद



पहिलोपोस्ट

१४ वर्षीया बालिका बलात्कारको मुद्दामा दुई जनालाई १२ वर्ष कैद

लमहीः दाङ जिल्ला अदालतले सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुईलाई १२/१२ वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२/१२ वर्ष कैद सजाय सुनाएको हो।

१४ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १२/१२ वर्ष कैद र पीडितलाई दुवैबाट रु ५०/५० हजार क्षतिपूर्ति भराउने आदेश भएको हो। विसं २०७१ असार २३ गते बालिकालाई बलात्कार गरी सोही दिनदेखि दुवै फरार थिए। फरार दुवैलाई २०७५ पुस १८ गते प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो।

आचार्यलाई सफाइ

अदालते घोराही उपमहानगरपालिका–१५ का ऋषिराज आचार्यलाई बलात्कार मुद्दामा सफाइ दिएको छ। पुर्पक्षका लागि कारागार चलान भएका आचार्यलाई निर्दोष रहेको भन्दै न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पङ्ज्ञानीको इजलासले सफाइ दिएको हो। घरमा काम गर्न राखेकी एक बालिकालाई पटक–पटक बलात्कार गरेको भनी मुद्दा परेपछि प्रहरीले आचार्यमाथि मुद्दा दायर गरेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell