PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लुगा सिलाउने टेलरभित्र श्रीमानश्रीमतीको यस्तो धन्दा : मोबाइल धरौटीमा राखेर लागुऔषध कारोबार!



पहिलोपोस्ट

लुगा सिलाउने टेलरभित्र श्रीमानश्रीमतीको यस्तो धन्दा : मोबाइल धरौटीमा राखेर लागुऔषध कारोबार!

काठमाडौँ: औषधी पसलभित्र मात्र होइन लुगा सिलाउने टेलरभित्र पनि लागूऔषधिको कारोबार हुने गरेको तथ्य बाहिरिएको छ। लागू औषध नियन्त्रण ब्युरोको विशेष टोलीले गते शुक्रवार अवैध लागू औषधको कारोबार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ।

ब्युरोको टोलीले रामेछाप दोरम्बा गाउँपालिका वडा नम्बर ७ घर भएका सुरेन नगरकोटी र उनकी श्रीमती अजिता गुरुङलाई नियन्त्रणमा लिएको ब्युरोका एक अधिकारीले जानकारी दिए। उनीहरूले ललितपुर महानगरपालिका वडा नम्बर १ सञ्चालन गर्दै आएको टेलरिङभित्र लागू औषध फेला पारेको प्रहरीको दाबी छ।

पसलभित्रबाट प्रहरीले डाइजेपाम १७८३, एम्पूल, बुप्रोनोफिर्न २१२१ एम्पुल, फेनारगन १२०१ एम्पुल बरामद गरेको हो। साथै एक लाख पचास हजार रुपैयाँ र विभिन्न कम्पनीका ३६ थान मोबाइलसमेत बरामद गरेको हो। प्रहरी नियन्त्रणमा रहेका नगरकोटी लामो समयदेखि लागू औषधको कारोबारीसमेत भएको खुलेको छ। उनले लागू औषध खरिद गर्न आएकाले नगद नदिएमा मोबाइलसमेत धरौटीमा राखे लागू औषध दिने गरेको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell