PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

इशा गुप्ताले होटल मालिकलाई लगाइन् दुर्व्यवहारको आरोप



इशा गुप्ताले होटल मालिकलाई लगाइन् दुर्व्यवहारको आरोप

बलिउड अभिनेत्री इशा गुप्ता अभिनित नयाँ फिल्म ‘वन डे जस्टिस डेलिभर’ प्रदर्शनमा आएको छ। इशा आफ्नो नयाँ फिल्मको खुसीयाली मनाउन साथीहरुसँग होटल पुगेकी थिइन्। तर उनलाई होटलको मालिकले दुर्व्यवहार गरेको वेब दुनियाँले उल्लेख गरेको छ।

इशाले सामाजिक सञ्जालमार्फत होटल मालिकले आफूमाथि दुर्व्यवहार गरेको खुलासा गरेकी हुन्। होटलको मालिक रोहित विजको नाम लिँदै गुप्ताले भनेकी छिन्, ‘सेक्युरिटी गार्ड हुँदाहुँदै पनि म आफूलाई असुरक्षित महसुस गरिरहेकी थिएँ।’

इशालाई लागेको थियो कि रोहितले उनको बलत्कार नै गर्छन्। उनले टवीटरमा लेखेकी छिन् ‘जब म जस्ता महिला त असुरक्षित महसुस गर्छन् भने थाहा छैन आम युवतीहरुको झन् के हाल हुन्छ होला। रोहितलाई सजाय दिनैपर्छ,’ उनले थप्दै भनिन्, ‘रोहित विजजस्तो पुरुषले गर्दा महिलाहरु आफूलाई एकदम असुरक्षित महसुस गरिरहेका छन्। तिमी मलाई नराम्रो नजरले घुरिरहेको थियौ।’

इशाकाअनुसार रोहितले उनलाई लगातार नराम्रो नजरले घुरिरहेका थिए। तर रोहितले उनलाई न छोए, न केही भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell