PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बालक अपहरणपछि हत्या गरी फरार रहेका नसिम खान पक्राउ, नसिमविरुद्ध आठ वटा हत्याका मुद्दा



बालक अपहरणपछि हत्या गरी फरार रहेका नसिम खान पक्राउ, नसिमविरुद्ध आठ वटा हत्याका मुद्दा

काठमाडौं: प्रहरीको खोजी सुचीमा रहेका कपिलबस्तुका नसिम खानलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो( सिआइवी)को टोलीले खानलाई पक्राउ गरेको हो। अपहरण, हत्यालगायत आधा दर्जन घटनामा संलग्न रहेका भनिएका खानलाई व्यूरोले शनिवार काठमाडौंको नयोँ बानेश्वरबाट नियन्त्रणमा लिएको हो। ‘ काठमाडौं आएको सुचनाको आधारमा नियन्त्रणा लिएका हौं। थप अनुसन्धान भइरहेको छ,‘  व्यूरोका एसपी दिपक रेग्मीले भने।

खान पछिल्लो समय कपिलबस्तुमा २०७४ फागुनमा एक बालकको अपहरणपछि हत्या गरेर फरार भएका थिए। तीनदिनपछि बालकको शव खानको घर नजिकै फेला परेपछि प्रहरी खानको खोजीमा लागेको थियो।

उनीविरुद्ध २०६३ सालयता आठ वटा हत्याका मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

खान भारतमा बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनी काठमाडौं किन आए भन्ने खुल्न सकेको छैन। व्यूरोले थप अनुसन्धान र कारबाहीको लागि खानलाई जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा बुझाउने तयारी गरिरहेको छ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell