PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आन्दोलनपछि ब्याक भयो बीपी, नेपाली विद्यार्थीका लागि थपियो कोटा



आन्दोलनपछि ब्याक भयो बीपी, नेपाली विद्यार्थीका लागि थपियो कोटा

काठमाडौं: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर (पिजी)कार्यक्रमको सीटमा नेपाली विद्यार्थी कोटा थप गरेको छ।

चिकित्सा शिक्षा ऐन विपरित विदेशीलाई छुट्याइएको भेटिएपछि विद्यार्थीहरुले आन्दोलन गरेका थिए।

निरन्तरको आन्दोलनपछि विदेशी विद्यार्थीको तीन सिट कटाएर नेपाली विद्यार्थीका लागि कोटा थप गरिएको हो।

यसअघि प्रतिष्ठानले भर्ना खोलेका सर्जरी, बाल रोग (पेडियाट्रिक्स्), मेडिसिन, एनेस्थेसिया, नाककानघाँटी(इएनटी) जस्ता विषयमा नेपाली विद्यार्थीभन्दा बढी सीट विदेशी विद्यार्थीलाई छुट्याइएको थियो। 

आगामी शैक्षिक सत्रबाट स्नातकोत्तरमा ५० प्रतिशतसम्म नेपाली विद्यार्थीलाई सिट निर्धारण गर्ने सहमति भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell