PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

डोनाल्ड ट्रम्पको 'डीएमजे' क्षेत्रमा आकस्मिक अवतरण, उत्तर कोरियाली नेता किमसँग मिलाए हात 



डोनाल्ड ट्रम्पको 'डीएमजे' क्षेत्रमा आकस्मिक अवतरण, उत्तर कोरियाली नेता किमसँग मिलाए हात 
फोटो: Reuters

जी २० सम्मेलनका लागि जापान पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आकस्मिक रुपमा उत्तर कोरिया र दक्षिण कोरियाको सीमा रहेको निशस्त्रिकरण गरिएको क्षेत्र 'डीएमजे' पुगेर उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट गरेका छन्। 

जापान भ्रमणबाट सीधै दक्षिण कोरिया पुगेका ट्रम्पले किमसँग केही बेर वार्ता भएको बताइएको छ। 

शनिवार ट्रम्पले ट्वीट गर्दै 'डीएमजे' क्षेत्रमा घुम्ने बताउँदा उत्तर कोरियाली पक्षले 'धेरै रोचक' भनेर प्रतिक्रिया दिएको थियो। 

लगत्तै दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दुवै नेताले 'शान्तिका लागि हात मिलाउने' बताएका थिए।

ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपतिसँगै निशस्त्रिकरण गरिएको 'डीएमजे' क्षेत्रको अवलोकनसमेत गरेका थिए। 

फेब्रुअरीमा हनोइ वार्ताका क्रममा किमले उत्तर कोरियामाथि लागेका प्रतिवन्धहरु फुकुवा गर्न राखेको प्रस्तावलाई ट्रम्पले अस्वीकार गरेका थिए। प्रतिबन्ध हटाउने विषयमा सहमति नभएपछि बिना कुनै सहमति वार्ता टुंगिएको थियो।

गत वर्षको जुन महिनामा सिंगापुरमा भएको पहिलो शिखर वार्ताका क्रममा दुई नेताबीच कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा आणविक निशस्त्रीकरण गर्ने सहमति भएको थियो। यस्तै उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धहरु फुकुवा गर्नेसमेत सहमति भएको थियो। तर पछि, दुवै राष्ट्रले एकअर्कासँग गरेको सहमति पालना नगरेको आरोप लगाउँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell