PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको लागि नेपाल तयारी, हेर्नुस फोटोमा

एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको लागि नेपाल तयारी, हेर्नुस फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : एसियन क्रिकेट काउन्सिलको आयोजनमा यही जुलाई २ देखि ९ सम्म मलेसियामा 'एसीसी यू-१९ इस्टर्न रिजन-२०१९' क्रिकेट आयोजना हुँदैछ।

आगामी अक्टोबरमा हुने यू-१९ एसिया कपको छनोटको रुपमा रहेको यस प्रतियोगिता जित्ने लक्ष्यमा साथ नेपाली युवा टोलीले तयारी गरिरहेको छ।

कीर्तिपुरस्थित टी यू मैदानमा नेपाली यू-१९ टोलीले १० दिन क्याम्प राखेर तयारी गरेको छ।

आगामी मंगलवारदेखि मलेसियामा प्रतियोगिता सुरु हुँदैछ। नेपाली टोली भोली दिउँसो त्यसतर्फ प्रस्थान गर्ने छ। भारत गएर अभ्यास गर्ने योजना पूरा नभएपनि यस पटक नेपाले इस्टरन रिजनको उपाधि जित्दै एसिया कपमा छनोट लक्ष्यका साथ मलेसिया जाँदैछ।

टिममा यस पटक ३ नयाँसहित चार खेलाडी परिवर्तन भएका छन्।

सन् २०२२ को विश्वकपलाई ध्यानमा राखेर पुराना खेलाडीलाई रेस्ट दिँदै नयाँ खेलाडीलाई अवसर दिएको प्रशिक्षक विनोद दासले बताए।

यस्तै राष्ट्रिय टिमको सदस्य समेत रहेका रोहित पौडेललले यू-१९ टोलीको कप्तानी गर्नेछन्। यस पटक नेपाल उपाधि जित्दै एसिया कपमा छनोट हुनेमा कन्फिडेन्ट रहेको रोहितले बताएका छन्।

रोहितसंग राष्ट्रिय टिमबाट खेलिसकेका पवन सर्राफ राष्ट्रिय टिममा परेका भिम शार्की, फास्ट बलरद्वय कमल सिंह ऐरी र रसिद खान अनुभवी खेलाडी हुन्। यस्तै रित गौतम, प्रतिश जिसी, कुशल मल्ल जस्ता खेलाडी टिममा छन्। यस पटक नेपाली टिम सबै क्षेत्रमा उत्कृष्ट रहेको कप्तान रोहितले बताए।

प्रतियोगिताअघि थोरै समय मात्र तयारि गर्न पाएपनि म्याच सिनारियोहरु बनाएर म्याच टेम्परमेन्टमा तयारी गरेको प्रशिक्षक दासले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell