PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रसियाका राष्ट्रपति भ्लादमीर पुटिनलाई ट्रम्पको आग्रह, '२०२० को निर्वाचनमा चाहि हस्तक्षेप नगर्नु'



रसियाका राष्ट्रपति भ्लादमीर पुटिनलाई ट्रम्पको आग्रह, '२०२० को निर्वाचनमा चाहि हस्तक्षेप नगर्नु'
फोटो :POLITICO

ओसाका: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाका राष्ट्रपति भ्लादमीर पुटिनबीच जी २० सम्मेलनका क्रममा जापानको ओसाकामा भेटवार्ता भएको छ।

वार्ताका क्रममा ट्रम्पले ठट्टा गर्दै पुटिनलाई २०२० मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा हस्तक्षेप नगर्न आग्रह गरेका छन्।

दुवै नेताहरु पत्रकार सम्मेलनका क्रममा सँगै रहँदा एक पत्रकारले ट्रम्पलाई प्रश्न सोधे,' के तपाई पुटिनलाई आगामी निर्वाचनमा हस्तक्षेप नगर्न भन्नुहुन्छ ? '

ट्रम्पले पत्रकारको प्रश्नपछि सँगै रहेका पुटिनलाई हेरे र भने,'२०२० को निर्वाचनमा हस्तक्षेप नगर्नु।'

ट्रम्पको कुरा सुनेर पुटिन, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ लगायत हाँसी रहे।

२०१६ मा भएको राष्ट्रपति निर्वाचनका क्रममा ट्रम्पलाई जिताउन रसियाले हस्तक्षेप गरेको आरोप लाग्दै आएको छ। यस विषयमा स्वतन्त्र निकायले छानविनसमेत गरेको थियो।

जापानमा जी २० राष्ट्रहरुको सम्मेलन भइरहेको छ। दुई दिने सम्मेलनका क्रममा विभिन्न देशका सरकार र राष्ट्र प्रमुखहरु जापानमा उच्चस्तरीय भेटवार्तामा व्यस्त छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell