PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मोटरसाइकल एकापसमा ठोक्किँदा चितवनमा दुई जनाको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल एकापसमा ठोक्किँदा चितवनमा दुई जनाको मृत्यु

रत्ननगरः बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका -१८ भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ।

साँझ ६ बजे ना ५३ प ५२४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग ९ प ११८५ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर ठोक्किएर दुर्घटना भएको हो।

दुर्घनामा गम्भीर घाइते भएका ना ५३ प ५२४७ नंको मोटरसाइकल चालक भरतपुर -१८ का १७ वर्षीय राजन भट्ट र ग ९ प ११८५ नंको मोटरसाइकल चालक भरतपुर -१८ कै २८ वर्षीय रामचन्द्र गौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell