PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एएफसी कपमा मनाङ जितविहिन, अन्तिम खेलमा चेन्नायीसँग ३-२ ले पराजित



एएफसी कपमा मनाङ जितविहिन, अन्तिम खेलमा चेन्नायीसँग ३-२ ले पराजित
फोटो: AFC

काठमाडौं: पहिलो पटक एएफसी कप फुटबल खेलेको नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले जितविहिन भएर प्रतियोगिता टुङ्गाएको छ।

समूह ई अन्तर्गत बुधवार घरेलु मैदानमा भएको अन्तिम खेलमा मनाङ भारतीय क्लब चेन्नायीन एफसीसँग ३-२ ले पराजित भएको हो।

समूहमा ६ खेलबाट मनाङले २ अंक मात्र जोड्न सक्यो। २ खेल बराबरी गरेको मनाङले ४ खेलमा हार बेहोर्‍यो।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा चेन्नायीनका लागि मोहम्मद राफीले दुई तथा इली साबीयाले एक गोल गरे। मनाङको लागि आफिज ओलावाले दुवै गोल गरे। राफीले खेलको ५३औं र ८८औं मिनेटमा गोल गरे। एलीले ६६औं मिनेटमा गोल गरे। मनाङका लागि ओलावालेले ७१औं र ७९औं मिनेटमा गोल गरे।

जितपछि चेन्नायीनले ६ खेलबाट ११ अंक जोडेको छ। तर अर्को खेलमा अबहानी लिमिटेडले मिनेर्भा पञ्जावलाई १-० ले पराजित गरेपछि अबहानी समूह विजेता हुँदै इन्टर जोनल सेमिफाइनलमा प्रवेश गरेको छ। अबहानीले ६ खेलबाट १३ अंक जोडेको हो। दोस्रो भएको चेन्नायीनको पनि उपविजेताको रुपमा दोस्रो चरण पुग्ने सम्भावना कायमै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell