PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'हङकङभित्र' लिएर आए क्रान्ति सुब्बा, 'गुप्तवासपछि किताबी रुप'



'हङकङभित्र' लिएर आए क्रान्ति सुब्बा, 'गुप्तवासपछि किताबी रुप'

काठमाडौं: सञ्चारकर्मीका रुपमा समेत चिनिएका हङकङ निवासी क्रान्ति सुब्बाले नियात्रा संग्रह 'हङकङभित्र' सार्वजनिक गरेका छन्। बुधबार उनको कृति नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विमोचन गरे।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित सार्वजनिक कार्यक्रममा लेखकसँगै हङकङ बस्दै आएका साहित्यकारहरु टंक सुब्बा र हाङयुङ अज्ञात पनि मञ्चमा देखिए।

प्रकाशनमा विशेष भूमिका निभाएका राजेन्द्र रिमालले हङकङको गुप्तबासलाई किताबका रुपमा ल्याइएको बताए। रिमालले किताबमा हङकङमा नेपाली कसरी जीवन चलिरहेको छ भन्ने विषय उल्लेख भएको जानकारीसमेत दिए।

हङकङवासी टंक सुब्बाले क्रान्ति कवि रहेको उल्लेख गर्दै हङकङमा बसेर नेपाली साहित्यमा इँटा थप्ने काममा लागेकोमा खुसी व्यक्त गरे। १२ घन्टा काममा खटेर साहित्यमा योगदान दिनु साहस भएको उनको भनाई थियो।

यता कवि हाङयुङ अज्ञातले नेपाली समाज निर्माणको क्रममा पत्रिका प्रकाशन गरी साहित्यलाई अघि बढाउने काममा लागेका क्रान्तिले किताब लेखनमा लागेकोमा खुसी व्यक्त गरे।

लेखक क्रान्ति सुब्बाले आफुलाई नियतिले मलाई हङकङ पुर्‍याएको उल्लेख गर्दै प्रवासमा रहेपनि नेपाल बिर्सन नसकेको बताए। भने, 'धरानमा यलम्बर साप्ताहिक चलाएँ। नियतिले हङकङ पुर्‍यायो। तैपनि नेपाल बिर्सन सकिनँ। पत्रिका चलाएँ। २००३ बाट एकान्तमा पसे। अनि कृति लेख्ने काम थाले।' उनले किताबमा आफूले बुझेका तर्कहरुसहित धेरै विषय समावेश गरेको बताए।

कुलपति उप्रेतीले नेपाली साहित्यमा योगदान दिएकोमा सुब्बालाई धन्यवाद दिए। 

३३० पृष्ठको किताबको तीन खण्ड उल्लेख छ। किताबको मुल्य ३५० रुपैयाँ तोकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell