PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रसुवाली कवि र पत्रकार संगीतश्रोता पक्राउ, गलत सूचना परेको भन्दै श्रोता भने छाडिए



रसुवाली कवि र पत्रकार संगीतश्रोता पक्राउ, गलत सूचना परेको भन्दै श्रोता भने छाडिए
पक्राउ परेका रसुवाली कवि। फोटो: facebook.com/rasuwali.kabi

काठमाडौं: महानगरीय प्रहरी परिसरले रसुवाली पत्रकारलाई पक्राउ गरेको छ।

बुधवार दिउँसो प्रहरीले नयाँपत्रिकामा कार्यरत पत्रकार सङ्गीत श्रोता र रसुवाली कविले चिनिने ठाकुरप्रसाद तिम्सिनालाई पक्राउ गरेको हो। श्रोताको पक्राउको कारण भने खुलेको छैन।
 
रुसवालीलाई भने प्रतिबन्धित नेत्रविक्रम चन्द समूहमा आबद्ध भएको अभियोगमा नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।‘मिस कम्युनिकेसन भएछ। उहाँ पत्रकार भएको थाहा पाउने वितिक्कै छोडिएको हो,' डिएसपी बोगटीले भने।

रसुवाली कवि यसअघि पनि पक्राउ परेर जिल्ला अदालत काठमाडौँमा धरौटी बुझाएर छुटेका थिए। पत्रकार श्रोतालाई भने केही समय प्रर्दशनीमार्गमा रहेको पुलिस क्लबमा राखिएर छोडिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell