PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भ्वाइस अफ नेपालबाट आफूलाई निकाल्नुको कारण माग्दै अभया सुब्बा



भ्वाइस अफ नेपालबाट आफूलाई निकाल्नुको कारण माग्दै अभया सुब्बा

काठमाडौं: केही साताअघि गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को औपचारिक घोषणा गरिएको थियो। जसमा राजु लामा र आस्था राउतले यो सिजनको नयाँ कोचको रुपमा इन्ट्री गरेका छन् भने सनुप पौडेल र अभया सुब्बा आउट।

पहिलो सिजनको कोचमा अभया सुब्बा, प्रमोद खरेल, सनुप पौडेल र दीप श्रेष्ठ रहेका थिए। प्रमोद खरेल र दीप श्रेष्ठले भने यो पटक पनि भ्वाइसमा निरन्तरता पाएका छन्।

अभया सुब्बा र सनुप पौडेल भ्वाइस् अफ नेपालबाट बाहिरिएसँगै उनीहरुलाई यो शोबाट किन निकालिएको चर्चा चल्न थालेका छन्। द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले बाह्रखरीसँग अभया सिजन १ को ग्रान्ड फिनालेमा सहभागी नभएका कारण हेडक्वाटरले नै असन्तुष्टि जनाएपछि उनको विकल्प खोज्नु परेको जवाफ दिएका थिए।

अहिले यही विषयलाई लिएर अभयाले आफ्नो युट्युब च्यानलबाट भ्वाइसका निर्देशक लक्ष्मण पौडेलको जवाफलाई खण्डन गर्दै असन्तुष्टि जनाएकी छन्।

उनी भन्छिन् ‘मैले सेप्टेम्बरदेखि नै भनेको थिए कि अष्ट्रेलियाको मेलबर्नमा नेपाल फेस्टिभल हुँदैछ र उक्त कन्सर्टमा हाम्रो ब्याण्डलाई बोलाएको छ। द भ्वाइस नोभेम्बर मै सकिन्छ भनेको हुँदा हामीले सेप्टेम्बरमा त्यो कन्सर्ट फाइनल गरेका थियौ। तर द भ्वाइसको सिजनका फिनालेमा म नेपाल आइपुगिनँ भने के गर्ने? भन्ने विषयमा शोका निर्देशक लक्ष्मण पौडेल, सुशील नेपाल, प्रल्हाद महतसँग म र मेरो ब्याण्ड बसेर छलफल गरेका थियौं। भ्वाइसको टिमले भनेको थियो तपाई आउन ढिला भयो भने अभया फिनालेमा उपस्थित हुन नसक्ने भनेर भिडियो बनाएर हाल्छौं तपाई ढुक्क भएर अस्ट्रेलिया जानुस्। भ्वाइस अफ नेपाल टिमलाई मैले दुई महिनाअघि नै भनेको थिए तर उहाँहरुले हेडक्वार्टरलाई जानकारी दिनु भएन छ। भ्वाइस अफ नेपाल, मलाई निकाल्नुको सही कारण त देउ।’

उनले थपिन् ‘उहाँहरुले रक म्युजिक चाहिँदैन भनेको भए मलाई केहि फरक पर्दैन थियो। तर उहाँहरुले मलाई निकाल्नुमा हेडक्वाटरको असन्तुष्टिको कारण दिनुभयो।’

साथै उनले भ्वाइस अफ नेपालको व्यवस्थापन तल्लोस्तरको भएकोसमेत आरोप लगाएकी छिन्। अभयाले भनेकी छिन्, ‘मेरो भ्वाइस अफ नेपालसँग कुनै दुस्मनी छैन्। भ्वाइसमा छैन भन्दैमा म मरेको त छैन नि। तर पहिला नै उहाँहरुले अब तपाईहरु यो सिजनमा हुनुहुन्न भन्देको भए हुन्थ्यो। तर उहाँहरुले सीधै प्रेस मिट गरेर अनाउन्समेन्ट गर्नु भएकोले अलिकति अपमानित महसुस गरेको छु।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell