PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

टुंगियो गलबन्दी विवादः प्रकाश सपुत र शम्भु राईबीच ४ बुँदे सहमति



टुंगियो गलबन्दी विवादः प्रकाश सपुत र शम्भु राईबीच ४ बुँदे सहमति

काठमाडौंः ‘गलबन्दी’ गीतमा देखिएको विवाद टुंगिएको छ। पछिल्लो समय प्रकाश सपुतको ‘गलबन्दी’ ‘कपि’ विवादमा फसेको थियो। गायक शम्भु राईले सपुतको ‘गलबन्दी’ आफ्नो ‘आऊ नाचौँ साथी हो’ बोलको गीतसँग जुधेको भन्दै प्रश्न उठाएका थिए। उनले प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा निवेदनसमेत दिएका थिए। 

बुधवार प्रकाश सपुत र शम्भु राई बीच सहमति हुँदै विवाद टुंगिएको हो। राईले प्रकाश सपुतलाई गीतको लय चोरी गरेको आरोप लगाएका थिए। उनीहरू बीच ४ बुँदे सहमति भएको छ। बुधवार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा भएको छलफलसँग सहमति भएको हो। 

दुई जनाबीच भएको सहमति अनुसार अब युट्युब ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ। यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपि अधिकार, स्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ। 

यसमा शम्भु राईले कुनै पनि आर्थिक अधिकार एवम् प्रतिलिपि अधिकार दाबी नगर्ने सहमति भएको छ। योसँगै राईले रजिस्टारको कार्यालयमा दिएको उजुरी फिर्ता लिएका छन्। 

यो विवाद उत्पन्न भएसँगै सामाजिक सञ्जालमा पनि विवाद उत्पन्न भएको छ। गलबन्दीको चर्चा संसदमासमेत भएको थियो। साथै दुवै पक्षबीच यस विषयमा आगामी दिनमा वादविवाद नगर्ने सहमतिसमेत भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell