PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

डोकेबजारमा कांग्रेस र ने क पा कार्यकर्ताबीच झडप हुँदा कांग्रेसका दुई जना घाइते



एम बम

डोकेबजारमा कांग्रेस र ने क पा कार्यकर्ताबीच झडप हुँदा कांग्रेसका दुई जना घाइते

कैलाली: कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित डोकेबजारमा नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी काँग्रेसका दुई कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेमा काँग्रेस क्षेत्र नम्बर– १ का सभापति गोपीप्रसाद उपाध्याय र कार्यकर्ता विक्रम चन्द रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।

अहिले डोकेबजारको अवस्था सामान्य भइसकेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए। दिउँसो झडप भए पनि अहिले त्यहाँको अवस्था सामान्य भइसकेको उनको भनाई छ।

खानेपानी मन्त्री विना मगरलाई कालो झन्डा देखाउन खोज्दा कञ्चनपुरको डोकेबजारमा झडप भएको हो।  पुनर्वास र बेलौरी नगरपालिकाको नगर सभा उद्घाटनका लागि जाँदै गर्दा बाटोमा मन्त्रीलाई कालो झन्डा देखाउन खोजेका थिए।

झडपमा घाइते भएका दुबैलाई धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि ल्याइएको र यहाँ उपचार हुन नसकेपछि कोलपुर मेडिकल कलेज रिफर गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell