PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘आदित्य नारायण झा लाइभ इन नेपाल’ हुँदै



पहिलोपोस्ट

‘आदित्य नारायण झा लाइभ इन नेपाल’ हुँदै

हिन्दी गायक आदित्य नारायण झाको नेपाल कन्सर्ट हुने भएको छ। नेपालका लागि उनको दोस्रो कन्सर्ट काठमाडौंमा हुने भएको हो। यसअघि उनले पोखरामा प्रस्तुति दिएका थिए।

आदित्य काठमाडौंको ठमेलस्थित क्लब फरेनहाइटमा प्रस्तुति दिने भएका हुन्। आउँदो असार २१ गते ‘आदित्य नारायण झा लाइभ इन नेपाल’मा उनले बलिउड तथा नेपाली गीतहरु गाउने छन्। आदित्यले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफू आउने जानकारी दिए।

आदित्यले ‘कुसुमे रुमाल २’ मार्फत नेपाली पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए। आदित्यको ताल फिल्मको 'जंगलमे बोले कोयल कुकु', आशिर्वाद फिल्मको 'पानी घट्ट', रामलीलाको इश्क्याउ धिस्क्याउसँगै कुसुमे रुमालका गीत चर्चित छन् भने उनले धेरै कभर गीत गाएका छन् ।

कन्सर्ट क्लब फरेनहाइटले नै आयोजना गर्न लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell