PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बन्द गराउँदै हिड्ने ट्याक्सी चालकसहित विप्लवका सात कार्यकर्ता पक्राउ, २० स्थानमा शंकास्पद वस्तु फेला



बन्द गराउँदै हिड्ने ट्याक्सी चालकसहित विप्लवका सात कार्यकर्ता पक्राउ, २० स्थानमा शंकास्पद वस्तु फेला

काठमाडौं: विभिन्न स्थानबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सात कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।

पक्राउ परेकामा काठमाडौंको सुकेधारबाट भगीराज राई रहेका छन्। उनी बा२च ३८१३ नम्बरको ट्याक्सी चालक रहेको प्रहरीले जनाएको छ। यसैगरी कास्कीबाट एक जना, मकवानपुरबाट एक जना र पश्चिम रुकुमबाट ४ जना पक्राउ परेका छन्।

२० स्थानमा शंकास्पद वस्तु, सबै प्रहरीको नियन्त्रणमा

बन्दको क्रममा देशका विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएको प्रवक्ता पोखरेलले जानकारी दिए। यी मध्ये ९ स्थानमा होक्स रहेको उनले बताए। 

शंकास्पद वस्तु प्रहरीले नियन्त्रणमा लिइसकेको र जनजीवन सामान्य रहेको प्रहरीले दाबी गरेको छ। शंकास्पद वस्तुमध्ये कैलालीमा टाइम बम, झापामा रिमोट बम भएको पुष्टि भएको छ। यसैगरी ३ वटा सिलिन्डर ग्यास, ४ प्रेसर कुकर भएको प्रहरीले जनायो। बन्दका क्रममा ४ स्थानमा सामान्य तोडफोडसेमत भएको प्रहरीले उल्लेख गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell