PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पलेँटीमा मुनामदन मञ्चन हुने, तीन दशक अगाडिको संगीत परिमार्जन गर्दै शान्ति ठटाल



पलेँटीमा मुनामदन मञ्चन हुने, तीन दशक अगाडिको संगीत परिमार्जन गर्दै शान्ति ठटाल

काठमाडौं : महाकवि लक्ष्मी प्रसाद देवकोटाको कृति मुनामदन पलेँटीमा मञ्चन हुने भएको छ। 
सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा संगीतकार शान्ति ठटालको धुनमा मुनामदनलाई पलेँटीमा मञ्चन गरिने भएको हो। 

ठटालले सन् १९७७मा यो कृतिमा संगीत दिएकी थिइन्। सिक्किमको गान्तोकमा उनको संगीतमा पहिलो पटक मुनामदन देखाइएको थियो। उनले त्यति वेला दिइएको संगीतलाई पुन: पलेँटी मार्फत अगाडि ल्याउन लागिएको हो। 

गत महिना देखि ठटाल काठमाडौंमा बसेर मुनामदनको संगीत संयोजन गरिरहेकी छन्। उनले आफ्ना पुराना धुनहरूलाई परिमार्जन गरिरहेको आयोजकले जनाएको छ। 

दार्जिलिङमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी संगीतकार ठटाललाई संगीत संयोजनमा मिरिकमा जन्मेर सिक्किमलाई कार्यथलो बनाएकी विमला सेन्चुरी प्रधानले सहयोग गरिरहेकी छन्। त्यस्तै मुनामदनका हरफहरूलाई मनिपुरमा  जन्मिएकी गायिका मिना निरौलाले स्वर दिनेछिन्। त्यस्तै आभास, बलराम समालले पनि मुनामदनका हरफमा स्वर दिने छन्। 

मुनामदन असार १३, १४ र १५ मा हुने पलेँटी कालिकास्थान स्थित नेपालयको कार्यक्रमस्थल ‘आर.शाला’मा प्रस्तुत हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell