PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

साइनोको दोस्रो गीत 'कुन मायाको साइनो' : टिक टक भिडियो च्यालेन्जको घोषणा



साइनोको दोस्रो गीत 'कुन मायाको साइनो' : टिक टक भिडियो च्यालेन्जको घोषणा

काठमाडौं :  वरिष्ठ अभिनेत्री भुवन चन्द थापाद्वारा निर्मित सिनेमा 'साइनो'को दोस्रो गीत सार्वजनिक भएको छ। 

सिनेमाको 'कुन मायाको साइनो' बोलको रिलिकल गीत सार्वजनिक गरिएको हो। गीत सार्वजनिक भएसँगै टिक टक प्रतिस्पर्धाकोसमेत घोषणा गरिएको छ। 

रमेश थापा निर्देशित सिनेमाले यसै गीतको लागि 'टिक-टक च्यालेन्ज' पनि बाहिर ल्याएको हो। गीतको कुनै पनि अंशमा इच्छुकले टिक टकबाट भिडियो बनाउन सक्नेछन्। यसरी बनाइएको टिक-टक भिडियोलाई सिनेमा 'साइनो'को आधिकारिक फेसबुक पेजमा सेन्ड गरेर च्यालेन्जमा सहभागिता जनाउन सकिनेछ।

च्यालेन्जमा उत्कृष्टताको आधारमा क्रमशः प्रथम हुने भिडियोलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ। 

त्यस्तै पाँच जनालाई गिफ्ट ह्याम्पर र  दुई जना भाग्यशालीलाई आस्था कला केन्द्रमा १ वर्षको लागि निःशुल्क प्रशिक्षणको व्यवस्था गरिनेछ। विजेताहरू घोषणा सिनेमा रिलिज अगावै हुनेछ।

एलिश कार्कीद्वारा संगीतवद्द गीतमा प्रताप दास र जीना रसाइलीको स्वर छ। भने, रामजी लामिछानेले कोरियोग्राफी भरेका छन्। गीतमा राजेशकुमार श्रेष्ठको शब्द सृजना छ।

साउन २४ गते रिलिज हुने सिनेमामा निता ढुंगाना, मीरुना मगर र राज कुमारसँगै भुवन चन्द थापा, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, विशाल पहाडी, भीमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारको अभिनय रहेको छ। त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्मलाई अभिमन्यु निरवी लेखेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell