PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

संसदमा रेशम चौधरीबारे बहस : गृहमन्त्रीज्यु, उपचारमा लाँदा २४ केजीको साङ्लो किन?



संसदमा रेशम चौधरीबारे बहस : गृहमन्त्रीज्यु, उपचारमा लाँदा २४ केजीको साङ्लो किन?

काठमाडौं: राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले आफ्नो दलको सांसदलाई उपचारको क्रममा सिक्री लगाएको विषयमा विरोध जनाएकी छिन्।

सांसदलाई यातना दिएर उपचार गरेको उनको आरोप थियो। संसदको शुन्य समयमा चौधरीले भनिन्, 'टीकापुर घटना राजनीतिक घटना थियो। जनताको विशाल बहुमतले विजयी भएर आएको उहाँलाई वीर अस्पतालको बेडमा उहाँलाई २४ केजीको सिक्री लगाएर इलाज गराइरहेको छ।'

यसको जवाफ गृहमन्त्री रामबहादुर थापाले दिनुपर्ने उनको माग थियो। 'यो कहाँको मानवता हो। कहाँको लोकतन्त्र हो। यो विषयमा म गृहमन्त्रीसँग यसको जवाफ माग गर्छु,' चौधरीले प्रश्न गरिन्, 'प्रधानमन्त्रीले भनेको कारबाही भयो कि भएन?'

उनले राष्ट्रिय मानवअधिकार आयोगसमेत चुप लागेकोले केही काम नभएको र खारेज गर्दा हुने तर्क राखिन्।

त्यसैगरी सांसद प्रदीप यादवले पनि चौधरीलाई जेलमा नेल लगाएर यातना दिइराखेको आरोप लगाए। 

उनलाई तत्काल रिहा गर्नमागसमेत यादवले माग गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell