PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘मेरो गाउँ मेरो ठाँउ’ प्रतियोगिताका लागि मनोनयन सार्वजनिक



पहिलोपोस्ट

‘मेरो गाउँ मेरो ठाँउ’ प्रतियोगिताका लागि मनोनयन सार्वजनिक

काठमाडौँ: ‘मेरो गाउँ, मेरो ठाउँ’ नामक भिडियो प्रतियोगिताका लागि ८ विधामा ४७ वटा भिडियो मनोनित भएका छन्। शनिबार कार्यक्रम आयोजना गरी सातवटै प्रदेशबाट पठाइएका १३२ मध्य प्राविधिक गुणस्तर र विषयवस्तुका आधारमा मनोनित भडियोहरुको नाम सार्वजनिक गरिएको हो। 

गत पुस १६ गते प्रतियोगिता घोषणा गरिएको थियो। ‘हामी उठ्ने छौं‘ फाउन्डेसनले भ्रमण वर्ष २०२० केन्द्रित रहेर प्रतियोगिता आयोजना गरेको हो। कार्यक्रम घोषणा भएदेखि ३१ मे सम्ममा प्रेषित भिडियोहरु पब्लिक च्वाइस, फ्युचर स्टार, बेस्ट स्कृप्ट, वुमन भिडियो, मोस्ट पोटेन्सियल डेस्टिनेसन, बेस्ट टेक्निकल, बेस्ट भिडियो, मोस्ट इनरजेटिक भिडियो मेकर गरी ८ विधामा मनोनयनमा परेका छन्।

आयोजक निर्मल श्रेष्ठका अनुसार नेपालका दुर्गम ठाउँहरुमा रहेका चिनाउन प्रतियोगीता आयोजना गरेको बताए। यो प्रतियोगीतामा सहभागी हुनको आफ्नो क्षेत्रमा पर्यटकीय संभावना बोकेको संस्कृति, पर्यटकीय क्षेत्र तथा खानेकुराको भिडियो बढीमा ५ मिनेटको हुनुपर्ने नियम थियो। भिडियो अभिनेत्री करिश्मा मानन्धर, सम्झना उप्रेति रौनियार, निर्मल शर्मा, प्रदिप उपाध्याय, जगदिश तिवारीले संयुक्त रुपमा छानेका हुन्।

उत्कृष्ट भिडियोले एक लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार पुरस्कार पाउने छन्। पब्लिक च्वाइस अवार्डमा उत्कृष्ट हुने एक भिडियोले एक लाख पुरस्कार पाउनेछ। उत्कृष्ट सम्पादन र उत्कृष्ट लेखनले समेत २५ हजार रुपैयाँ पाउने आयोजक जानकारी दिएको छ। 

प्रतियोगिताको अन्तिम नतिजा असार १६ गते सार्वजनिक हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell