PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेकपाको राजनीतिक प्रतिवेदन सम्पादनको अवस्थाबारे दुई अध्यक्षद्वारा सचिवालय बैठकमा ब्रिफिङ



पहिलोपोस्ट

नेकपाको राजनीतिक प्रतिवेदन सम्पादनको अवस्थाबारे दुई अध्यक्षद्वारा सचिवालय बैठकमा ब्रिफिङ

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन सम्पादन अन्तिम चरणमा पुगेको पार्टी अध्यक्षहरुले जानकारी गराएका छन्।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले अन्तिम सम्पादनको काम कसरी अगाडि बढिरहेको छ भन्नेबारे आज बसेको बैठकमा जानकारी दिएका थिए।

शनिवार बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रतिवेदन सम्पादनको कामबारे अध्यक्षद्वय ओली र प्रचण्डले जानकारी दिएको महासचिव विष्णु पौडेलले पत्रकारहरुलाई ब्रिफ गरे।

आजको बैठकमा एकतासँग जोडिएका अन्य विषयमा पनि छलफल पौडेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell