PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यी बलिउड सेलिब्रेटी जो योगमा रमाउँछन् 



यी बलिउड सेलिब्रेटी जो योगमा रमाउँछन् 

योग हरेकको जीवनमा आवश्यक हुन्छ। बलिउड सेलिब्रेटी पनि योगलाई जीवनको अंग बनाउँदै आएका छन्। आफ्नो व्यस्त लाइफस्टाइलको बाबजुद फिट रहनको लागि बलिउड हस्तीहरू योगको सहारा लिने गर्दछन्। 

योगले मानसिक शान्तिको साथसाथै शरीरलाई स्वास्थय राख्न र फिगर मेन्टेन गर्नमा पनि मद्दत गर्छ। कतिपय सेलिब्रेटीहरुले कलाकारिता बाहेक योगलाई आफ्नो साइड बिजनेस समेत बनाएका छन्। केही बलिउड सेलिब्रेटीहरुले साइड बिजनेसको रूपमा योग स्टुडियो खोलेका छन्। आज जुन २१ विश्व अन्तर्राष्ट्रिय योग दिवस हो। हेरौँ कुन कुन बलिउड सेलिब्रेटीहरु योगमा संलग्न छन्। 

शिल्पा  सेट्ठी
बलिउड फिटनेस क्वीन शिल्पा सेट्ठीले हालै ‘फिटनेस एप’ लन्च गरेकी छिन्। उनले योग दिवसमा मात्र नभएर योगलाई आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको लागि नियमित गर्नुपर्ने बताउने गरेको दैनिक भास्करले जनाएको छ। 

मलाइका अरोरा
अभिनेत्री मलाइका अरोरा पनि नियमित योग गर्छिन्। उनले मुम्बईमा आफ्नै योग स्टुडियो समेत खोलेकी छन्। उनले एक अन्तर्वार्तामा आफूलाई योगले नै कठिन र खराब समयबाट बाहिर आउन मद्दत गरेको खुलाएकी छन्। ‘जब म जिन्दगीमा सन्तुष्टिको खोजीमा थिए। त्यति बेलादेखि नै मैले योग गर्न सुरु गरेकी हु। कोही मेडिटेसन र पढाइमा रमाउँछन् तर मलाई भने योगले नै खुसी र सन्तुष्टि दिएको छ।’

हेमा मालिनी
अभिनेत्री हेमा मालिनी आफ्नो सुन्दरताको क्रेडिट योगलाई नै दिन्छिन्। उनी हरेक बिहान योग गर्छिन्। हेमा मालिनीको अनुसार ‘योगले हाम्रो जीवनमा शान्ति र ऊर्जालाई बढाउँछ। योग मेन्टल र फिजिकल फिटनेसको लागि निकै जरुरी छ। हामीले बच्चादेखि नै योग गर्ने बानी बसाल्नुपर्छ।’

शाहरुख खान
‘योग एउटा राम्रो कसरत हो,’ शाहरुख भन्छन् ‘म पहिला योग खुबै गर्थे तर मेरो काँधमा चोटपटक लागेपछि मैले योग गर्न कम गरे। जब फुर्सद मिल्छ, तब म योग गर्छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell