PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

दुई विदेशी फिल्मले धान्यो फ्राइडे रिलिज, हलमा बलिउडबाट ‘कबिर सिंह’ र हलिउडबाट ‘टोइ स्टोरी फोर’



दुई विदेशी फिल्मले धान्यो फ्राइडे रिलिज, हलमा बलिउडबाट ‘कबिर सिंह’ र हलिउडबाट ‘टोइ स्टोरी फोर’

काठमाडौं: आज नेपाली सिनेमा हलमा कुनै नयाँ नेपाली फिल्म प्रदर्शनमा आएनन्। फ्राइडे रिलिजको निरन्तरता बलिउड फिल्म ‘कबिर सिंह’ र थ्रि डी फिल्म ‘टोइ स्टोरी फोर’ गरी दुई विदेशी फिल्मले धानिदिएको छ।

यी दुई फिल्मले एकसाथ सिनेमा हल बाँडेका हुन्। शाहिद कपूर स्टारर फिल्म ‘कबिर सिंह’ लाई सन्दिप रेडी भांगाले निर्देशन गरेका हुन्। फिल्ममा शाहिद कपूरसँगै अभिनेत्री कियरा अधभानीको मुख्य भूमिका रहेको छ। कबिर सिंहलाई सान्थाना कृष्णन रविचन्द्रनले खिचेका हुन्। फिल्मलाई भुषन कुमार, मुराद खेतान र अषविन भारदे लगायतले संयुक्त निर्माण गरेका छन्। साथै फिल्ममा सिद्धार्थ र गरिमाको संवाद रहेको छ।

त्यस्तै हलिउड थ्रि डी फिल्म ‘टोइ स्टोरी फोर’ पनि आजबाट प्रदर्शनमा आएको छ। यो फिल्मलाई जोश कुलेले निर्देशन गरेका हुन्। टोइ स्टोरी फो एनिमेसन जनारामा निर्माण भएको छ। फिल्ममा टाम हान्क्स, जोर्डन पिल्लीलगायतका कलाकारको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell