PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बेलुन आउटफिटको कारण दीपिका पादुकोण भइन् ट्रोलको सिकार  



बेलुन आउटफिटको कारण दीपिका पादुकोण भइन् ट्रोलको सिकार  

बुधवार राती बलिउड हस्तीहरू ग्राजिया मिलेनियल अवार्ड २०१९ को रेड कार्पेटमा सहभागी भए। रेड कार्पेटमा अभिनेत्री दीपिका पादुकोण हरेक पटक जस्तै यस पटक पटक पनि फरक अन्दाजमा प्रस्तुत भइन्। उनको पहिरनले फेरी एक पटक सबैको ध्यान खिचेको छ। बेलुन आकारको हरियो आउटफिटको कारण उनी ट्रोलको सिकार भएकी छिन्। 

दीपिकाले उक्त तस्बिर आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा पनि शेयर गरेकी छिन्। जहाँ उनले क्याप्सनमा लेखेकी छन् ‘विश्व वातावरण दिवसको लागि केही दिन ढिला भए।’ 

उनको पहिरनलाई लिएर सामाजिक सञ्जालहरुमा विभिन्न टिप्पणी भइरहेको आजतकले जनाएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको पहिरनलाई ‘सागपात’ सँग तुलना गरेका छन्। अर्का प्रयोगकर्ताले उनको पहिरनलाई ‘रेनकोट’ सँग दाँजेका छन् भने अर्का प्रयोगकर्ताले ‘तपाईँ कुन एयर ब्याग र प्यारासुटको प्रमोसन गर्दै हुनुहुन्छ ?’ भन्दै प्रश्न गरेका छन्।

दीपिका अभिनीत मेघना गुलजार निर्देशित फिल्म ‘छपाक’ प्रदर्शनको तयारीमा रहेको छ। साथै यो फिल्मको सुटिङ सकिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell