PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

शम्भु राईलाई प्रकाश सपुतको चिठी, ‘कुन कसम खाएर भनुँ, मैले कपी गरेको हैन भनेर?'



 शम्भु राईलाई प्रकाश सपुतको चिठी, ‘कुन कसम खाएर भनुँ, मैले कपी गरेको हैन भनेर?'
फोटो: prakashsaput.com

काठमाडौं: पछिल्लो समय लोक गायक प्रकाश सपुत ‘गलबन्दी’ गीतले गर्दा चर्चामा छन्। गीतमा समाबेश संवादलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा विभिन्न ट्रोल र भिडियोहरुसमेत बनिरहेका छन्।

गीत रिलिज भएको केही दिनमा नै गलबन्दी युटुबमा ट्रेन्डिङ नम्बर वानमा आयो। टिकटकमासमेत यो गीत लोकप्रिय बन्यो। गलबन्दी चर्चामा आएसँगै विभिन्न टिप्पणीहरु शुरु भयो। प्रकाश सपुत र शान्ति श्री परियारले गाएको उक्त गीतलाई कपी गरेको अरोप लागेको छ। 

सपुतको गीत ‘गलबन्दी’ अर्का गायक शम्भु राईको गीत देउसी भैलोमा रहेको ‘आऊ नाचौं साथी हो’ सँग मिलेको आरोप लागेको हो। यसैबीच गीत कपी गरेको विषयलाई लिएर प्रकाश सपुतले शम्भु राईलाई सम्बोधन  गर्दै आफ्नो अफिसियल वेबसाइटमार्फत चिठी सार्वजनिक गरेका छन्।

‘तपाईले गलबन्दी सुनिसकेपछि तपाईको मनमा भाका मिलेजस्तो लागेर भएको छटपटी र हल्ला भैसकेपछि आएका नकरात्मक टिप्पणीहरुबाट तपाईको आत्मसम्मानमा पुग्न गएको ठेस प्रति म दुख व्यक्त गर्दछु,' जसमा सपुतले लेखेका छन्, 'एउटा अनुजको कामले अग्रजको मनमा उब्जिएको बेचैनी र तपाईको व्यक्तित्व र नियतीमाथि आएका प्रश्नहरु प्रति म लज्जा बोध गर्दछु। यद्यपि तपाईले उप्काईसकेपछि मेरो नियतमाथि, मेरो व्यक्तित्वमाथी, मेरो सिर्जनामाथि लागेका आरोपहरुले मेरा आत्मसमानमा, मेरो दैनिक जीवनमा, मेरो मानसिकतामै पनि कत्रो असर पुगेको छ। त्यता तिर सोचेर हजुर दुखी नहुनु होला है।'

सपुतले थप लेखेका छन्, 'हामीलाई हाम्रो समयले दिएको एउटा जादुमयि अवसर छ–भाइरल। छिनमै उचालिएर माथि पुग्ने, छिनमै तल थेचारिने। त्यसैले लगभग सामान्य जस्तै लाग्न थालेको छ रातारात चर्चिन हुने र रातारात गाली खाँदै लखेटिने प्रवृद्धि। जुन भोक थियो नि सर चिनिने चर्चित हुने। भयो अघाइयो।'

आफूले राईको उक्त गीत सुन्दै नसुनेको दाबी गर्दै सपुतले भनेका छन्, 'भाका मिलेको प्रंसग। तर कुन कसम खाएर भनौ सर यो देउसी भैलो गीत मैले सुनेको थिएन। त्यसैले मैले कपी गरेको हुँदै होइन। पहिले नै रेकर्ड भैसकेको कुनै गीत पुनः रेकर्ड गर्छु र हिट बनाउछु भन्ने आत्मविश्वास कसैमा हुन्छ जस्तो लाग्दैन सर। बरु पुरानो हिट गीतलाई रिमेक गर्ने कभर गर्ने चलन बढेको छ।’

सपुतले भाका मिलेकै छैन? का मिलेको छ र? भन्दै राईलाई प्रश्न खडा गरेका छन्। ‘पहिला त्यति नसुनिएको, सफल नभएको गीतलाई रि रेकर्ड गरेर चलाईदिन्छु भन्ने कन्फिडेन्स आफूमा नभएको र मैले हैन मिलेको छैन भनेर चिच्याए पनि गीत उस्तै उस्तै सुन्नेको कान फेर्न सक्दिनँ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell