PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'इन्डियाज गट ट्यालेन्ट'का निर्माता सोहनको मृत्यु, पोखरीमा भेटियो लास  



'इन्डियाज गट ट्यालेन्ट'का निर्माता सोहनको मृत्यु, पोखरीमा भेटियो लास  
फोटो: hindi.webdunia.com

भारतीय रियालिटि शो ‘इन्डियाज गट ट्यालेन्ट’ का निर्माता सोहन चौहानको मृत्यु भएको छ। उनको लास मुम्बईको रोयल पान्स सोसाइटीको एक पोखरीमा भेटिएको थियो।
 
चौहानको लास १६ जुनको राति भेटिएको र पोष्टमार्टमको लागि सिद्धार्थ अस्पताल लगिएको वेब दुनियामा उल्लेख गरिएको छ। मृत्युको कारण भने अझै पत्ता लाग्न सकेको छैन। 

श्रीमती दिल्लीमा बस्दै आएकोले गर्दा चौहान केही समयदेखि एक्लै बस्दै आएका थिए। सामाजिक सञ्जालमा भने उनी अन्तिम पटक १३ जुनमा एक्टिभ थिए। उनले अन्तिम पोष्ट सारेगामापा फिनालेको बारेमा लेखेका थिए। 

उनका भाइले शनिबार उनलाई सम्पर्क गर्ने कोसिस गरे तब उनी असफल भए र प्रहरीमा रिर्पोट दर्ता गराए। आइतबार बिहान करिब ७ बजेर ३० मिनेटमा स्थानीयले कोलोनीको नजिक रहेको पोखरीमा लास तौरिएको देखेपछि पुलिसलाई खबर गरेका थिए। त्यसपछि लासलाई पोष्टमार्टमको लागि अस्पताल लगियो। पुलिस रिर्पोट अनुसार सोहन चौहानको शरिरमा कुनै चोटपटक र दाग लागेको छैन। कोलोनीमा भएको सिसीटिभी फुटेजमा देखिए अनुसार उनी आइतबार हातमा बोतल लिएर बाहिर निस्किएका थिए। 

प्रहरीले सोहनको घरमा गएर छानबिन गरेको थियो। जहाँ प्रहरीले खाली बोतल र एउटा डाइरी भेटेको थियो। उनको मृत्युको खबरले भारतीय टेलिभिजन इन्डस्ट्री पनि शोकमा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell