PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

‘ब्रह्मास्त्र’ को सुटिङ अधुरै छाडी मुम्बई फर्के आलिया र रणवीर 



 ‘ब्रह्मास्त्र’ को सुटिङ अधुरै छाडी मुम्बई फर्के आलिया र रणवीर 
फोटो: livehindustan.com

अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूर बनारसमा भईरहेको फिल्म ‘ब्रह्मास्त्र’ को सुटिङ बीचमै छोडेर मुम्बई फर्केका छन्। रियल लाइफ प्रेमिल जोडी आलिया र रणवीर पहिलो पटक रिलको पर्दामा एकसाथ देखिदै छन्।  


फिल्ममा रणवीर र आलियाको मुख्य भूमिका रहेको छ। ब्रहमास्त्रलाई अयान मुखर्जीले निर्देशन गरेका हुन्। आलियाको स्वास्थ्य खराब भएको कारणले फिल्म निर्माण टिम एउटा गीतको सुटिङ बाँकी राखेर मुम्बई फकेको लाइभ हिन्दुस्तानले उल्लेख गरेको छ। आलिया आफ्नो स्वास्थ्य खराब भएपनि सुटिङ लगातार गर्न चाहन्थिन् तर निर्देशक मुखर्जीले सुटिङ क्यान्सिल गरे। अब निर्माण टिमले ब्रह्मास्त्रको सुटिङ नोभेम्बर महिनामा बनारस गएर पूरा गर्ने भएको छ। फिल्मको सुटिङ सकिनु तीन दिन अगाडि उनीहरु मुम्बई फर्केका हुन्। 


ब्रह्मास्त्रमा अभिताभ बच्चनको मुख्य भूमिका रहने छ। साथै फिल्ममा मौनी रोय, नागार्जुन लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन्। ‘ब्रह्मास्त्र’ ले २५ डिसेम्बरको लागि रिलिज डेट तोकेको थियो तर सलमानको ‘दबंग ३’ पनि डिसेम्बरमा नै रिलिज हुने भएकोले ब्रह्मास्त्रले रिलिज डेट अघि सारेको उल्लेख गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell