PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओलीलाई देउवाको प्रश्न, 'अहिले के गर्नुपर्‍या छ, एउटा विप्लवलाई कन्ट्रोल गर्न सक्या छैन,.... गर्छ यार!'



ओलीलाई देउवाको प्रश्न, 'अहिले के गर्नुपर्‍या छ, एउटा विप्लवलाई कन्ट्रोल गर्न सक्या छैन,.... गर्छ यार!'

काठमाडौं: नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा परिषद विधेयकको विरोध गरेका छन्। आजको संसदमा देउवाले प्रधानमन्त्रीले सेना परिचालन गर्ने अधिकार लिएकोप्रति आपत्तिसमेत जनाए।

'राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक पहिलेकै राम्रो। पहिले राष्ट्रपतिको सिफारिसमा हुन्थ्यो। अहिले प्रधानमन्त्रीले गर्ने रे,' देउवाले प्रश्न गरे, 'अब प्रधानमन्त्रीको सिफारिस। आफ्नै मन्त्रीहरुलाई अविश्वास गर्ने? अविवश्वासले चल्छ देश?'

सेना परिचानलमा विपक्षीकोसमेत साथ हुने उल्लेख गर्दै देउवाले प्रधानमन्त्रीको ह्विममा कुनै काम नहुने तर्क गरे। भने, 'सेना परिचालन गर्ने स्थिति आए सबैले सपोर्ट गर्छ नि। पहिले पनि गरेको हो। उहाँहरु विपक्षमा हुँदा पनि गरेको हो। सेना परिचालन व्यक्तिमा होइन। संयन्त्र हुन्छ। ह्वीमबाट सेना परिचालन गर्ने?'

परम्परा तोड्नु रक्षामन्त्री र सेनापतिलाई अविश्वास गर्नु भएको उनको भनाई थियो। फेरि प्रश्न गरे, 'यो रक्षामन्त्रीमाथि अविश्वास भयो। गृहमन्त्रीमाथि अविश्वास भयो। सेनापतिमाथिको अविश्वास भयो। रक्षासचिव र मुख्यसचिवमाथि भयो।'

वर्तमान सन्दर्भमा सुरक्षा परिषदसम्बन्धी विधेयकलाई चलाउनु आवश्यकै नरहेको देउवाको दाबी थियो। 'नत्र किन चाहियो अहिले। के गर्नुपर्या छ उहाँले,' सभापति देउवाले भने, 'एउटा विप्लवलाई कन्ट्रोल गर्न सक्या छैन,... गर्छ यार।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell