PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया अघि बढ्योः भोलिदेखि उजुरी दिन सकिने, १४ गतेसम्म म्याद



पहिलोपोस्ट

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया अघि बढ्योः भोलिदेखि उजुरी दिन सकिने, १४ गतेसम्म म्याद

काठमाडौँः संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अघि बढाएको छ। सरकारको पत्राचार अनुसार समितिले प्रारम्भिक बैठकबाट प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। निर्णय अनुसार बिहीबारदेखि प्रस्तावित राजदूतउपर उजुरी आह्वान हुनेछ।

समितिले दश दिनको समय दिएर उजुरी आह्वान गरेको हो। असार १४ गतेसम्म सरोकारवाला तथा सर्वसाधारणले उजुरी दिन सक्नेछन्।

जेठ २३ गतेको मन्त्रिपरिषद् बैठकले सिफारिसको नियुक्ति गरेको थियो। सरकारले अस्ट्रेलिया, कतार, स्पेन र बंगलादेशका नयाँ राजदूत सिफारिस गरेको थियो।

पढ्नुस्ः राजदूत नियुक्तिमा राजनीतिको रन्को : निर्देशिका लत्याउँदै नेता भए हाबी

निर्णय अनुसार अस्ट्रेलियाका लागि महेश दाहाल, कतारमा नारद भारद्वाज, स्पेनमा दावाफुटी शेर्पा र बंगलादेशमा डा वंशीधर मिश्रलाई सिफारिस गरेको थियो।

उजुरीको समय सकिएपछि समितिले प्रस्तावित पदाधिकारीलाई सुनुवाइका लागि आमन्त्रण गर्नेछ। उजुरी परेको अवस्थामा पहिले उजुरीकर्तासँग छलफल गर्नेछ। सत्तारुढ दलका कतिपय नेताहरूले नै सिफारिस समावेशी नभएको र अनुभव नभएका व्यक्ति समेत छनोटमा परेको भन्दै असन्तुष्टि जनाइरहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell